नेकपाले ७ औं पार्टी पुर्नगठन दिवस भव्य रुपमा मनाउदै

राष्ट्रियता, जनतन्त्र र जनजीविको पक्षमा एक हुन अपिल


६ मंसिर सुर्खेत । विप्लव नेतृत्वको नेकपाले आफ्नो ७ औं पार्टी पुर्नगठन दिवस भेरी कर्णाली सहित देशभर विविध कार्यक्रम गरि भव्य रुपमा मनाउदैछ । पार्टी श्रोतले दिएको जानकारी अनुसार मंसिर ६ गते प्रचार प्रसार तथा अतिरिक्त क्रियाकला गर्ने, मंसिर ७ गते देश व्यापी प्रर्दशन तथा जनसभा गर्ने र मंसिर ८ गते देशभर उत्सव मनाउने रहेको छ ।
जनयुद्धको मुल उद्देश्य वाट प्रचण्ड वावुरामहरु विचलित भएको भन्दै मोहन वैद्यको नेतृत्वमा विप्लव सहित प्रचण्ड वाट २०६९ सालमा पार्टी अलग भएर नेकपा –माओवादी गठन भएको थियो । वैद्य नेतृत्वको पार्टीले पनि नेपाली क्रान्तिको कार्यभार पुरा गर्न नसक्ने अवस्था देखिएको भन्दै नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा २०७१ साल मंसिर ८ गते नेकपा माओवादी गठन भयो ।
२०७३ साल भाद्र ७ गते हेमन्त प्रकास ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट न्युक्लियस र नेकपा माओवादी विच पार्टी धुव्रीकरण भएपछि पार्टीको नाम नेकपा (माओवादी) राखिएको थियो । त्यसपछि पार्टीको रोल्पाको थवाङ्गमा भएको आठौं महाधिवेशनले पार्टी महासचिव विप्लवलाई वनाउदै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्र राखेएको थियो ।
जनमुक्ति सेनाको स्थापना दिवस मंसिर ८ गते भएकाले पनि यो दिनको ऐतिहाँसिकतालाई विशेष ध्यान दिएर पार्टी पुर्नगठन गरिएको थियो । यो मंसिर ८ गते पार्टी पुर्नगठनको ७ वर्ष पुरा हुदैछ । यो पार्टी स्थापना यता दर्र्जनौको वलिदानी भइसकेको छ भने दर्जनौ नेता कार्यकर्ता जेल तथा हिरासतमा छन । सरकारले समेत क्रान्तिकारी शक्ति वाट आतंकित भएर प्रतिवन्ध लगाई दमन गरिएको अवस्था छ । यो अवस्थामा पनि भव्य रुपमा पार्टी पुर्नगठन दिवस मनाउने नेकपाले निर्णय गरेको छ ।
यसैविच पार्टी पुर्नगठनको अवसरमा नेकपाले राष्ट्रियताको रक्षा, जनतन्त्र र जनजिविको विषय सवै देशभक्त प्रगतिशिल नागरिकहरुको साझा दायित्व भएको भन्दै एक हुन अपिल गरेको छ ।
नेकपाले आफ्नो ७ औं पार्टी पुर्नगठन दिवसलाई मध्यनजर गरेर जनसमुदायको नाममा एक अपिल जारी गरि राष्ट्र र जनसरोकारका पक्षमा आवाज उठाउने जुनसुकै राजनीतिक शक्ति, नागरिक अगुवा,व्यक्तित्व र जनसमुदाय सवै प्रति सरकारले दमनको नीति अपनाएको भन्दै सरकारको यस्तो रवैका विरुद्ध संघर्षमा उत्रिन अपिल गरेको हो ।
अपिलमा आम नागरिकको निशुल्क स्वास्थ्य परिक्षण र उपचार गर्नु पर्ने,कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारिकरण वन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्नु पर्ने, भारतीय साम्राज्यवादी अतिक्रमण वन्द गर्नु पर्ने, कालापानी वाट भारतीय सेना फिर्ता हुनु पर्ने,नेपाली सार्वभौमिकताको सम्मान गर्नु पर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।
नेकपाले सरकार कोरोना नियन्त्रण,भ्रष्टाचार नियन्त्रण लगायतका सुशासनका कामहरु गर्ने देखि सवै काममा पूर्ण असफल भएको निश्कर्ष निकाल्दै भ्रष्टाचारी, कमिसनखोरी र राष्ट्रघातीहरुलाई कार्वाही गरिने वताएको छ ।
कोरोनाका कारण उच्च किसिमका संर्षघका कार्यक्रमहरु स्थगीत गरेको अवस्थामा समेत सरकारले आफ्नो पार्टीका जिम्मेवार नेता ,कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई गिरफ्तार गर्ने,झुट्टा मुद्धा लगाउने,शारिरीक र मानसिक यातना दिने कार्य निरन्तर गरेकोमा नेकपाले आपत्ती जनाउदै अपिलमा पार्टीको संयमतालाई कमजोर नठान्न चेतावनी समेत दिएको छ ।
अपिलको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस