मदन भन्डारी स्पोर्ट्स एकेडेमी बाँकेको बैठक सम्पन्न


६ मंसिर बाँके । मदन भन्डारी स्पोर्ट्स एकेडेमी बाँकेको दोस्रो पुर्ण बिस्तारित बैठक सम्पन्न भएको छ । मदन भन्डारी स्पोर्ट्स एकेडेमीका संस्थापक अधयक्ष तथा राखेपका सदस्य सचिव रमेश राज सिलवालको उपस्थितीमा सम्पन्न दोस्रो विस्तारित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो ।
बैठकले बाँकेका सबै स्थानीय तहहरुमा पालिका स्तरिय कमिटी गठन गर्ने,मंसिर ९ गते खजुरा बजार सरसफाई गर्ने,मंसिर १३ गते बैजनाथ गाउँपालिकाको जि गाँउमा रक्तदान कार्यक्रम गर्ने,मंसिर २७ गते लागु औषध तथा दुब्र्यसनी बिरुद्ध नेपालगञ्जमा बिचार गोष्ठि गर्ने र माघ १ गते कोहलपुरमा खुला फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा मदन भन्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय उपाध्यक्ष ध्रुब आचार्य,नेकपा बाँकेका नेताहरु सुर्य ढकाल,घननाथ खनाल,कमल बस्नेत,विद्यार्थी नेता सुर्य रोकाया र युवा संघका केन्द्रिय सदस्य खेमराज शर्मा लगाएतको सहभागिता रहेको थियो ।
यस अघि मदन भन्डारी स्पोर्ट्स एकेडेमी बाँकेले कोहलपुरमा खुला स्लो मोटरसाइकल प्रतियोगिता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस