प्रचण्ड –माधव समुहको काठमाडौंंमा शक्ति प्रदर्शन


९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा उल्लेख मात्रामा सहभागिता देखेपछि नेकपा प्रचण्ड माधव समूहका अध्यक्षद्धयले जनआन्दोलनको झल्को आएको बताउनु भएको छ ।
सभालाई संवोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले दोस्रो जनआन्दोलनपछि यति विशाल प्रदर्शन देखेको बताउनु भएको छ ।
१२र१४ वर्षपछि जनसागर ओर्लिएको भन्दै उहाले प्रतिगमनविरुद्ध जनता जागिसकेका छन् भन्ने प्रमाणित भएको बताउनु भयो । अर्का अध्यक्ष माधवकुमार नेपालले ‘जसरी जनआन्दोलनमा देशैभरी जनता जागेका थिए, आज जनआन्दोलनको झल्को देखिएको वताउनु भयो ।’ यो कास्टिङ मात्र भएको भन्दै उहाले फिल्म सुरु हुन बाँकी नै रहेको बताउनु भयो । सभामा वरिष्ट नेता झलनाथ खनालले पनि संवोधन गर्नु भएको थियो ।
सभाअघि शहरका विभिन्न स्थानबाट जुलुस निस्किएको थियो । सबै जुलुस रत्नपार्कमा पुग्ने र शीर्ष नेताहरुले नेतृत्व गरेर पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपमा पुग्ने तय भएको थियो । तर एकपछि अर्को जुलुस आउने क्रममा रत्नपार्कमा जामको अवस्था बन्यो र एकीकृत जुलुस निस्कन सकेन ।

प्रतिक्रिया दिनुहोस