ः काठमाडौंमा अलिअलि मान्छे जम्मा गरेछन् ः ओली


९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भन्नु भएको छ ।
शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले भन्नु भयो ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’
प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उहाले भन्नु भयो ‘खुट्टी देखेरै पत्याइयो ।’
कार्की ब्याङ्क्वेटमा जम्मा भएका केही सय कर्याकर्तालाई सम्बोधन गर्दै ओली समूहको अध्यक्ष समेत रहनु भएका उहाले भन्नु भयो , ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’
संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उहाले चेतावनी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस