६ भाद्र,सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले आफ्नो गिरफ्तार जिल्ला समिति सदस्य राजनको निशर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेकपा सुर्खेत जिल्ला सेक्रेटरी ध्रुवले सोमवार एक प्रेश विज्ञप्ति जारी गर्दै आफ्नो कार्यकतालाई युद्धशैलीमा आफन्तको घरवाट गिरफ्तार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।
जारी विज्ञप्तिमा सुर्खेतको भैरव स्थानवाट गयराती साढे ९ वजे आफन्त कहाँ वसिरहेको वेला हाम्रो पार्टीका जिल्ला कमिटि सदस्य राजनलाई युद्ध शैलीमा विनाकारण सुर्खेत प्रहरीले गिरफ्तार गरेको घटना प्रति घोर निन्दा गर्दै रिहाको माग गर्दछौ भनिएको छ ।
नेकपाले आफ्नो पार्टी राष्ट्रघाट,जनघात,भ्रष्टाचार,कमिशनखोर र दलालीकरणका विरुद्ध निरन्तर संघर्ष गर्दै आएको जनाउदै राज्यले तीन बुँदे सहमतिको उल्लंघन गरेर द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस