सातबुँदे सहमतिमा राहत शिक्षकको असहमति


५ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताउनु भयो ।

‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं । हामी विज्ञप्ति निकाल्छौं’, अधिकारीले भन्नु भयो ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उहाँले बताउनु भयो ।

राहत शिक्षक केन्द्रीय महासचिव कुमार बजगाईंले आफूहरूका मागमा चासो नराखेका कारण अब शिक्षक महासंघबाट अलग भएर आन्दोलन जारी राख्ने चेतावनी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस