खोक्रो राष्ट्रवाद सबैले बुझ्दैछन

 

स्यालहरूले किन ? बाख्रा खोज्दैछन ।
बाँदरहरूले किन ? मकै लुछ्दैछन ।

घर भित्रका उडुस र उपियाँहरूले
तानी तानी किन ? रगत चुस्दैछन ।

अझै बाघ, भालु र चितुवाहरू
दक्षिण बाट किन ? उत्तर घुस्दैछन ।

ए ! गोर्खाली बिरहरू होसियार !
हाम्रो घरको किन ? आँगन मिच्दैछन ।

स्याल, बादर, उडुस र उपियाँहरूको
अब खोक्रो राष्ट्रबाद सबैले बुझ्दैछन ।।

प्रतिक्रिया दिनुहोस