नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्रलाई, टोकियो ओलम्पिकमा छनोट

७ मंसिर वाँके । छैटौं नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जित्नु भएको छ । शनिबार नेपालगञ्जमा सम्पन्न म्याराथनको उपाधि जित्दै गोपीचन्द्र अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकमा छनोट हुनु भएको हो ।
कोरोना भाइरसको महामारीको कारण अन्य प्रतियोगिता आयोजना नहुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो । गत डिसेम्बरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण जित्नु भएका पार्की अब टोकियो ओलम्पिकमा जानु हुनेछ ।
गोपीले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गर्नुृ भयो । उपाधिसँगै गोपीले नगद ७५ हजार प्राप्त गर्नु भयो ।
अर्को विभागीय क्लब त्रिभुवन आर्मीका कृष्ण बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गर्दै दोस्रो स्थान प्राप्त गर्नु भयो । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो हुनु भयो ।
गतवर्षको विजेता आर्मीकै नवराज साउद चौथो हुनु भयो । उहाँले २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा दौड पूरा गर्नु भयो ।

दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गर्नुृ भयो । चौथो भएको साउदले १०, पाँचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नु भयो ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता हुनु भएको थियो ।
यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जित्नु भएको छ । १३औं सागको हाफ म्याराथनमा रजत पदक जित्नु भएकी पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नु भएको हो । उहाँले नगद ३० हजार प्राप्त गर्नु भयो ।
कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुनु भयो भने शर्मिला धर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गर्नु भयो । दोस्रो हुनु भएकी मन्जुले १५ हज

प्रतिक्रिया दिनुहोस