बङलोर आगलागी घटनाका गम्भीर घाईते हजुराको पनि निधन, मृत्यु हुनेको संख्या ३ पुग्यो

कालिकोट । भारतको बङलोरमा खाना पकाउने ग्यास लिग हुदा भएको आगलागीबाट गम्भीर घाईते भएकी रास्कोट नगरपालिका ८ बाँखरकोटकी अन्दाजी ४५ बर्षिय हजुरा लुवारको पनि निधन भएको छ । उनको निधनसंगै मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

मंगलवार (गयराति) २ बजे बङलोरको भिक्टोरिया अस्पतालमा उपचारका क्रममा हजुराको निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
मजदुरीको लागि आफ्नो श्रीमानसंगै ३ बर्ष अघि हजुरा भारतको बङलोर पुगेकी थिईन । उनी सहित ३ जना गत माघ १ गते ग्यास लिग भएर आगलागी हुदा गम्भीर घाईते भएका थिए ।

गम्भीर घाईते रास्कोट ८ माईति घर भई नरहरीनाथ ६ माल्कोट पोइलीघर भएकी अम्विका विक र उनको श्रीमान खड्क विकको घटना भएको ३ दिन पछि उपचारका क्रममा निधन भएको थियो । हजुराको भने उपचारकै क्रममा गयराति निधन भएको हो ।

हजुरा आफ्नै गाउँ माईतिघर भएकी र नाताले भदै पर्ने अम्विकाको कोठामा विहान रिचाज कार्ड हाली माग्न जाँदा आगलागीको घटनामा परेकी थिईन ।

अम्विकाको कोठमा रातभर ग्यास लिग भएको रहेछ, त्यो हजुरालाई थाहा भएन, तर विहान रिचाज कार्ड हाली माग्न त्यहाँ जाँदा आगलागीको घटना भयो । कसरी भयो थाहा पाउन सकिन ? हजुराका श्रीमान नौल्या लुवारले भने ।

यस्तै घटनापछि केहीले ग्यास लिग भएको बेला हजुरा वाहिरबाट चुरोट खादै गएको अवस्थामा आगोले टिपेको बताएका छन ।

जेहोस मजदुरी गर्न भारत पुगेका र परिवारको गर्जो टार्ने सपना देखेका हजुराको परिवार स्तव्ध भएको छ । हजुरासंगै अम्विका र खड्कको परिवार पनि शोकमा छ ।

पेट पाल्नैका लागि सयौ नेपालीले अर्काको देशमा अकालमा ज्यान गुमाउनु परेको तितो घटनाहरु दिनहु भईरहदा पनि नेपाल सरकारले नेपालमै कुनै रोजगारीको वातावरण सृजना गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस