जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि, गाउँपालिकाको सेवा वन्द


१० वैसाख ,बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि गाउँपालिका तथा वडा कार्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।
नरैनापुर गाउँपालिकाका तीन जना जनप्रतिनिधि, विभिन्न शाखा तथा वडाहरुमा कार्यरत तीन जना कर्मचारी र एक जना पत्रकार र एक जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि गाउँपालिकाको कार्यालय बन्द गरिएको हो ।
नरैनापुर वडा नं. ३ का वडाध्यक्ष राजकुमार मौर्य, वडा सदस्य साकरुन पठानीन, मकबुल खाँ, गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रा, वडा नं. ४ मा कार्यरत कार्यालय सहयोगी जगराम यादव, योजना शाखामा कार्यरत कार्यालय सहयोगी सुन्दरलाल यादव तथा पत्रकार विनय दिक्षित र वडा नं. ४ स्थित मदरसाका स्वयंसेवी शिक्षक सुरज श्रीवास्तवलाई कोरोना देखिएपछि कार्यालय बन्द गरिएको सूचना अधिकारी मिश्राले जानकारी दिनु भयो ।
उहाले दोस्रो चरणमा देशभर फैलिएको कोरोना संक्रमण जटिल प्रकारको रहेकोले गाउँपालिकाबासीलाई सुरक्षित रहन आग्रह पनि गर्नु भएको छ । कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको भन्दै स्वास्थ्यकर्मीहरुले पनि सर्तकता अपनाउन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस