कालीकोटको रेङ्गीलघाटमा कोरोना पुष्टि ,एक हप्ताको लागि वन्द


१० वैसाख ,कालिकोट । जिल्लाको रेङ्गीलघाटमा पनि चार जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले एक सुचना जारी गरि वैसाख १० गते राती १२ वजे देखि वैसाख १७ गते राती १२ वजे सम्मको लागि सो क्षेत्रमा हिडडुल गर्न वन्द गरिएको जानकारी दिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मिति २०७८ वैसाख १० गते वसेको वैठकको विश्लेषण र सिफारिसका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) वमोजिम खाडाचक्र नगरपालिका वडा नम्वर ११ रेङ्गीलघाटमा आवत जावत वन्द गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायको हस्ताक्षेरमा जारी सुचनामा जनाइएको छ ।
स्थानीय प्रशासनले जारी सुचनाको उलंघन नगर्न सवैमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस