जेठ ९, कालिकोट । संकास्पद रूपमा ज्यान गुमाएका रास्काेट नगरपालिका ८ का प्रेम दर्जिकाे चिहानघाटमा साेमबार मात्रै पाेष्टमार्टम सहित दाहसंस्कार भएको छ ।
ज्वाला खबर अनलाइनबाट रास्काेट सामुदायिक अस्पतालले पाेष्टमार्टम नगरी पाेष्टमार्टम गरेको भनेर आफन्तलाई शव बुझाएको समाचार प्रकाशित भएपछि डाक्टर भाेजराज बम सहितको टाेलि र प्रहरीको टाेलि पाेष्टमार्टमकाे गर्न चिहानघाट नाहाने ढुङ्गा पुगेको थियो ।
चिहानघाटमा पाेष्टमार्टम नभएको शव मलामीले देखेपछि करिब ५ घन्टा दाहसंस्कारकाे काम राेकिएकाे थियो । अन्ततः समाचारको प्रभावका कारण स्वास्थ्यकर्मीकाे टाेलिले बेलुका ४:३० बजे तिर चिहानघाटमै पुगेर पाेष्टमार्टम गरेको हाे । पाेष्टमार्टमकाे रिपोर्टका लागि चाहिने स्यामबल अस्थायी प्रहरी चाैकी शान्तिघाटकाे जिम्मा दिएको छ ।
चिहानघाटमै पुगेर पाेष्टमार्टम गरेको रास्काेटकै पहिलो घटना हाे । आफन्तका अनुसार विभिन्न शक्ति केन्द्रहरूकाे चहलखेलका कारण दाेषिलाई उन्मुक्ति दिन पाेष्टमार्टम बिना लास गाड्न लगाउन खाेजिएकाे आसंका छ ।
मृतक दर्जि जेठ ६ गते रास्काेट नगरपालिकाको प्रमुख र उप-प्रमुखको विजयी भाेजमा सहभागी हुन बयाटपाट हुदै पाटेडील उप-प्रमुखको घर पुगेका थिए । साेही राति दर्जि ब्यपत्ता भएका थिए ।
उनकाे शव नजिकै पाटेडीलकाे पानिगाैंडा कुलाेमा जेठ ७ गते साझ ६ बजे मात्रै भेटिएको थियो । दर्जिकाे शवलाई जेठ ८ गते बिहान पाेष्टमार्टम गर्न रास्काेट सामुदायिक अस्पतालमा पठाएको भएपनि पाेष्टमार्टम गरेका छाैं भन्दै पाेष्टमार्टम नगरेर अस्पतालले शव पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस