विप्लव सीको गर्जन ‘हामी नेपालमा पूँजीवाद स्वीकार गर्दैनौ, समाजवाद चाहिन्छ’

७ साउन,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कुनै पनि बहानामा नेपालमा पुँजीवाद स्वीकार गर्न नसकिने र समाजवाद नै चाहिने वताउनु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा आईतवार काठमाडौंको प्रज्ञा भवनमा आयोजित ”वर्तमान सन्दर्भमा पुष्पलाल विषयक” अन्तक्र्रिया कार्यक्रममा वोल्दै महासचिव विप्लव सीले यस्तो कुरा वताउनु भएको हो ।

महासचिव विप्लवले अहिलेको संकटको निकास नेपालमा दलालपूँजीवाद हुन नसक्ने बरु समाजवाद हुने ठोकुवा गर्नु भयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सपना समाजवाद सम्म पुग्ने भएको उल्लेख गर्दै त्यो सपना पुरा गर्न नेपालका सवै कम्युनिष्टहरु एक भएर अगाडि वढनुपर्ने विचार राख्नु भयो ।

उहाँले नेपालमा जति कम्युनिष्ट जनमत छ त्यो पुष्पलालको योगदानले भएको भन्दै त्यसलाई जोगाउनु पर्ने वताउनु भयो ।

उहाँले भन्नु भयो ”यदि पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना नगरेको भए यो अवस्थामा नेपालका कम्युनिष्टहरु पुग्ने थिएनौ, कम्युनिष्टहरुले गरेको क्रान्ति हुने थिएन । आज पुष्पलालको योगदानले नेपालमा ६५ प्रतिशत कम्युनिष्ट जनमत छ । यसमा हामी सवै कम्युनिष्टहरुले वुझनु पर्छ र एकठाउँमा ल्याउने कोशिस गर्नु पर्छ ।”

उहाँले अबको १० वर्ष कम्युनिष्ट आन्दोलनको भविष्यको वर्ष हुने विश्वास दिलाउदै यदि कम्युनिष्टहरुले अहिले समिक्षा गरेर एक नहुने हो भने कसैको पनि भविष्य नहुने ठोकुवा गर्नु भयो ।
महासचिव विप्लवले अन्तक्र्रिया कार्यक्रममा एकजना सहभागीले विप्लव प्रति बन्दुकको मोह छ नि ? भनेर सोधिएको प्रश्नको जवाफ दिदै जो मान्छे बन्दुक वोक्ने आँट गर्दैन त्यो दास हुन्छ भन्नु भयोे ।

उहाँले भन्नु भयो “कम्युनिष्टहरु धेरै शान्तिप्रमी हुन्छन,बन्दुक शाषक संग हुन्छ, जनतासंग हुदैन । जब जनताका विरुद्ध शाषकहरुका बन्दुक आउछन भने प्रत्यक जनताको हात हातमा बन्दुक हुनुपर्छ । अमेरिकी साम्राज्यवाद एमसीसीको नाममा हतियार सहित आउछ भने सवैको हातमा बन्दुक हुनुपर्छ ।”

उहाँले पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गर्नु र नौलो जनवादको कार्यदिशा तय गर्नु क्रान्तिकारी कदम भएको भन्दै पुष्पलाललाई घेरावन्दी गरी काम गर्न नदिएको वताउनु भयो ।

उहाँले भन्नु भयो “तर पनि पुष्पलाल कुनै प्रलोभनमा पर्नु भएन् परिवारिक झमेलामा पनि झुक्नु भएन र क्रान्तिाकारी विचार र कदममा लागि रहनु भयो । उहाँ एक इमान्दार क्रान्तिकारी व्यक्ति हो । तर उहाँमा केही सीमा पनि रहे । वैचारिक ढंगले वोध गराउने र तिखो वनाउने र संगठन देश व्यापी वनाउनेमा केही सीमा रहे ।”

महासचिव विप्लवले अन्तक्र्रिया कार्यक्रममा रामचन्द्र श्रेष्ठले पेश गरेको विचारपत्र माथि टिप्पणी गर्दै विचारपत्रले पुष्पलाल श्रेष्ठलाई स्थापित गर्ने प्रत्यन गरेको र उहाँका यथार्थ कुरा वाहिर ल्याउने काम गरेको भन्दै धन्यवाद दिनु भयो । उहाँले कार्यपत्रले कम्युनिष्ट आन्दोलनमा समकालिन धाराको वारेमा पनि उल्लेख गर्न डराउन नहुने सुझाव दिनु भयो ।

प्रतिक्रिया दिनुहोस