क्रान्तिकारी योद्धा दिनेशको आमाको निधन प्रति चौतर्फि दुख व्यक्त र श्रद्धान्जली

 

८ साउन, कालिकोट । विप्लव नेतृत्वको भातृ संगठन युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश विकको आमा धनसरादेवी विकको असामयिक निधन भएको घटना प्रति विभिन्न क्षेत्रवाट दुख व्यक्त गरिएको छ ।

युवा संगठन नेपालका क्न्द्रीय अध्यक्ष पालन जंगलीले एक प्रेश विज्ञप्ती जारी गरि मृतक आमा प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नु भएको छ । युवा संगठनले घटना प्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैयै धारणको कामना गरेको छ ।
यस्तै आफन्जन तथा शुभेच्छुकहरु द्धारा फेसवुक संज्लालमा विभिन्न तरिकाले स्टाटस लेख्दै मृतक आमा प्रति हार्दिक श्रद्धान्जली गरिएको छ भने परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

लामो समयदेखि फोक्सोको समस्या हुनु भएकी विकको साउन ५ गते ७४ वर्षको उमेरमाच उपचारका क्रममा कैलालीको टिकापुरमा निधन भएको थियो ।
कालीकोट जिल्ला राष्कोट नगरपालिका वडा नम्वर ७ पुछ्र्रे्रगाउँ स्थायी घर भएपनि हाल कैलाली टिकापुर अस्थायी रुपमा उहाँको परिवार वस्दै आएको थियो ।

उहाँको २००४ सालमा जन्म भई यहि मिति २०७८ साल साउन ५ गते ७४ वर्षको उमेरमा कैलाली टिकापुरमा असामायिक निधन भएको हो ।

अत्यन्तै मिलनसार ,हसिलो स्वाभाविक कि एक क्रान्तिकारी योद्धाको आमाको निधनले अपुरणीय क्षेती पुगेको फेसवुक मार्फत दुख व्यक्त गर्नेहरुले लेखेका छन ।

 

प्रतिक्रिया दिनुहोस