७ भाद्र ,बाँके । नेकपा सहित चार दलले आज आहवान गरेको नेपाल बन्द कर्णाली प्रदेशका जिल्लामा सान्दार रुपमा सफल भएको छ ।
प्रदेशको राजधानी सुर्खेतमा कुनै पनि यातायातका साधनहरु चल्न सकेनन् । कल कारखाना तथा उद्योग धन्धा र शैक्षिक संस्था पनि वन्द भए । यस्तै कालिकोट जिल्लामा पनि वन्द सान्दा रुपमा सफल भएको नेकपा सेक्रेटरी रणदिपले जनाउनु भएको छ । जाजरकोटमा पनि वन्द पूर्ण सफल भएको नेकपाले जनाएको छ । जाजरकोटमा वन्द संगै नेकपा कार्यकर्ताले सडक सरसफाई समेत गरेको पत्रकार निराजन वस्यालले जनाउनु भएको छ ।
कर्णाली प्रदेशका दैलेख,रुकुम,सल्यान,जुम्ला हुम्ला लगायतका जिल्लामा पनि वन्द शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । लुम्विनी प्रदेशको वर्दिया जिल्लामा भने एक जना जनपत्रकार संगठनका जिल्ला सदस्य रुपा शाही सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायातका साधन र शैक्षिक संस्था ठप्प भएका छन ।
बाँकेको किरणनाला पुलमा बन्द कर्ताले राखेको बम जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ । संकास्पद वस्तु भेटिएपछि पूर्ण पश्चिम राजमार्गमा दिनभर सवाँरी साधनहरु ठप्प नै भए । कार्यालय शैक्षिक संस्था पनि ठप्प नै भए ।
देशका अन्य जिल्लामा भने बन्द कर्ता र प्रहरी विच झड्प भएको छ । बन्द कर्ताले काठमाण्डौका थ्रुपै ठाउँमा वन्द अवज्ञा गर्ने सवारी साधनहरु तोडफोड गरेका छन । प्रहरीले पनि दर्जनौ वन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौमा साना सवारी साधन फाट्टफुट चलेपनि सार्वजनिक सवाँरी लामो तथा छोटो दुरीका सवै वन्द भए । शैक्षिक संस्था र अन्य कार्यालयहरु पनि प्राय वन्द नै भए । बन्दले दिनभर राजधानीको जनजीवन प्रभावित नै भयो ।
दाङमा जनपत्रकार संगठनका जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओली सहित चार लाई प्रहरीले पक्राउ गरेको छ । यस्तै देशका अरु जिल्लामा पनि सामान्य तोडफोडका घटना भएका छन भने बन्द पूर्ण सफल भएको छ ।
तीन बँुदे सहमतिको कार्यान्वयन गर्नु पर्ने, पक्राउ पुर्जी खारेज गर्नु पर्ने, मुलुकको भ्रस्टाचार , महङ्गी नियन्त्रण गर्नु पर्ने, एमसीसी र एसपीपी खारेज गर्नु पर्ने लगायतका माग राखेर नेपाल कम्युनिस्ट पार्टी सहित चार दलले आज वन्दको आहवान गरेका थिए ।