रोजगार कार्यक्रमको रकम दुरुपयोग हुदै


असाज ७ कालिकोट । मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम कालिकोटमा दुरुपयोग हुन थालेको छ ।
बेरोजगारीहरुलाई रोजगारी दिन प्रदेश सरकारले सञ्चालन गरेको कार्यक्रमको रकम दुरुपयोग हुन थालेको हो ।
स्थानीय सरकारका जनप्रनिधिहरुले रोजगार कार्यक्रमको रकम काम नगरेरै आफ्ना आसे पासे ,नातागोता र घरपरिवार भित्रका सदस्यहरुलाई दिइने गरेका छन ।
जनप्रनिधिहरुले जुन व्यक्तिको रोजगार छ जागीर गरिरहेको छ त्यस्तो घरपरिवारमा रोजगार कार्यक्रमको रकम लगानी गर्ने गरेका छन । हालै जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ३ मा यस्तै भएको छ ।
वडा अध्यक्ष विष्णुप्रसाद देवकोटाले मुख्यमत्री रोजगार कार्यक्रमको रकम आफ्ना परिवारका सदस्य तथा सरकारी जागिरेलाई प्रदान गरेका छन् । गावखोला देखि लामपाटा सम्मको सिचाँई कुलो निर्माणमा वेरोजगारहरुले काम गरेर मुख्यमन्त्री रोजगारको रकम काम गर्नेलाई प्रदान गर्ने निर्णय भएको थियो ।

वडा अध्यक्षले भने विद्यालयका प्रध्यानाध्यापक तथा आफ्नै भाई मानप्रसाद देवकोटा, सुर्खेतमा बस्ने भाई बुहारी जौमती देवकोटा, शिक्षक तथा आफ्नै छोरा धर्मराज देवकोटा र बुहारी शिक्षिका शुर्जकला पाण्डेलाई बेरोजागार सूचिमा राखेर मुख्यमन्त्री रोजगार कार्यक्रमको पैसा दिनु भएको खुलासा भएको छ । यस्तै उहाँका परिवारकै सदस्य शिक्षक पदमलाल देवकोटालाई पनि काम नै नगरी उहाँको खातामा रुपैया पठाएको पाइएको छ । वडाअध्यक्ष देवकोटाकी भाई बुहारी जौमती देवकोटा सुर्खेतमा वस्दै आउनु भएको छ । तर उहाँको रोजागर कार्यक्रममा ४५ दिन काम गरेको हाजिर पेश गरेर रुपैया खातामा हालेको एक स्थानीयले वताएका छन ।
यस विषयमा वडाध्यक्ष देवकोटाले भने आफनो भाई बुहारीले २५ दिन मात्र काम गरेको वताउनु भएको छ । यस्तो व्यवहारले जनताको सरकार नभएर हुने खाने भ्रष्ट र दलालहरुको सरकार भएको स्थानीयहरुले गुनासो गर्न थालेका छन ।

 

प्रतिक्रिया दिनुहोस