बाँकेमा बुधबार ७३ कोरोना संक्रमित डिस्चार्ज


असोज ७ नेपालगन्ज । बुधबार बाँकेमा एकै दिन ७३ जना कोरोना संक्रमित डस्चार्ज भएका छन् । योसँगै जिल्लामा कोरोनाबाट निको हुनेहरुको संख्या एक हजार ३ सय ३७ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार १४ दिन आइसोलेसनमा बसेका उनीहरु बुधबार निको भएर घर फर्किएका हुन् ।
हाल जिल्लामा ३ सय २६ जना आइसोलेसनमा छन् । जिल्लामा कोरोनाबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५ जना जिल्ला बाहिरका हुन् । जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस