बैज्ञानिक समाजवादमा पुग्न पार्टी पुनर्गठन गरिएको होः बन्धु सी

८ मंसिर, बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा अखिल नेपाल महिला संघ(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष बन्धु सीले बैज्ञानिक समाजवादमा पुग्न नेकपा पुनर्गठन गरिएको बताउनु भएको छ । नेकपा बाँकेले ११ औं पार्टी पुनर्गठन दिवसका अवसरमा कोहलपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्याक्रमलाई सम्वोधन गर्दै पोलिट व्यूरो सदस्य बन्धु सीले बैज्ञानिक समाजवादमा पुग्न पार्टी पुनर्गठन गरिएको बताउनु भएको हो ।
उहाँले जनयुद्धको लक्ष्य र उद्देश्यहरुमाथि प्रचण्डबाट धोका भएको भन्दै वैद्य र विप्लवले २०६९ मा पहिलो पटक पार्टी पुनर्गठन गरेको बताउनु भयो । बैद्यवाट पनि क्रान्तिको गति अगाडि बढन नसक्ने देखेर विप्लवको नेतृत्वमा २०७१ साल मंसिर ८ गते दोस्रो पटक पार्टी पुनर्गठन गरी नेकपा राखिएको जानकारी दिनु भयो ।


उहाँले मंसिर ८ गते श्रमजीवी जनताको आफ्नै पार्टी स्थापना भएको दिन भएकाले यो गौरबको विषय भएको जिकिर गर्नु भयो । माओवादी आन्दोलनमा शान्ति प्रक्रिया पछि गम्भीर धोका खानु परेकाले विप्लवको नेतृत्वमा नेकपा बन्नु परेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो । एक आपसमा शुभकामना आदान प्रदान गर्दै लड्डु खाँदै अविर आवरण गर्दै हर्ष उत्लाहसका साथ पार्टी पुनर्गठन दिवस मनाईएको छ ।
कार्यक्रममा नेकपाका बाँके जिल्ला इन्चार्ज रक्तिम सी, केन्द्रीय सदस्य शेखर सी, नारायण सी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त सीको आतिथ्यता रहेको थियो । जिल्ला सेक्रेटरी कल्पना सीले संचालन गरेको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस