८ मंसिर कालिकोट । विप्लव नेतृत्वको नेकपाले आफ्नो ७ औं पार्टी पुर्नगठन दिवस कालिकोट सहित देशभर विविध कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । देशका विभिन्न ठाउँमा मंसिर ६ गते देखि प्रचार प्रसार, प्रर्दशन ,जनसभा गर्दै आज उत्सव गरि मनाएको छ । कालिकोटमा त पार्टी पुर्नगठनको उत्सव सहित युवा संगठनको जिल्ला भेला गरि मंसिर ८को दिवसलाई मनाइएको छ । राता झकिझकाउ तुल व्यानर सहित सयौ नागरिकहरुको उपस्थितिमा दिवस मनाइएको नेकपा कालिकोटले जनाएको छ । आजै जनमुक्ति सेना गठन गरिएको दिन भएकाले पनि जनमुक्ति सेना दिवस पनि नेकपाले मनाएको छ । १० वर्षिय जनयुद्धका क्रममा मंसिर ८ गने जनमुक्ति सेना नेपालको भेला सहित जनमुक्ति सेना नामकरण गरिएको थियो ।
जनयुद्धको मुल उद्देश्य वाट प्रचण्ड वावुरामहरु विचलित भएको भन्दै मोहन वैद्यको नेतृत्वमा २०६९ सालमा नेकपा –माओवादी गठन हुदै वैद्य वाट पनि अलग भएर २०७१ साल मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन भएको थियो ।
२०७३ साल भाद्र ७ गते हेमन्त प्रकास ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट न्युक्लियस र नेकपा माओवादी विच पार्टी धुव्रीकरण भएपछि पार्टीको नाम नेकपा (माओवादी) राखिएको थियो ।
त्यसपछि पार्टीको रोल्पाको थवाङ्गमा भएको आठौं महाधिवेशनले पार्टी महासचिव विप्लवलाई वनाउदै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखेएको थियो । वैद्य वाट अलग भएर पार्टी पुर्नगठन गरिएको दिन आज मंसिर ८ भएकाले पार्टी पुर्न गठन दिवस मनाइएको हो ।
यसैविच पार्टी पुर्नगठनको अवसरमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक शुभकामना अन्तरवार्ता दिदै युद्ध र क्रान्ति फरक भएको भन्दै आफ्नो पार्टीले युद्ध नचाहेको र क्रान्ति चाहेको वताउनु भएको छ । उहाँले क्रान्ति नै शान्तिको जननि हुने भएको भन्दै आफ्नो पार्टीले दिगो शान्ति चाहेको वताउनु भएको छ । उहाँले दलालपुजीवाद जनताको प्रमुख शत्रु भएको उल्लेख गर्दै समाजवाद मात्र जनताको मुक्तिको वाटो हुने वताउनु भएको छ ।