वाँसगढीमा नेकपाको एमसीसी विरुद्ध प्रदर्शन


८ पुस, वर्दिया । वाँसगढी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टीले एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेको छ । एमसीसी देश र जनताको हित विपरित भएको भन्दै मंगलवार एमसीसीका विरुद्ध विरोध प्रदर्शन गरेको हो । जनएकता अभियानका प्रमुख.शितलले वोल्दै राष्ट्रघाती एमसीसी खारेजको लागि आफ्नो पार्टी जस्तोसुकै कदम चाल्न तयार रहेको वताउनु भयो ।

यसैविच बासगढी नगरपालिका वडा नम्वर ९ दुर्गाफाटामा नेकपाले वुधवार एक कार्यक्रमको आयोजना गरेको छ । जनएकता अभियाट टिमका प्रमुख शितलले देस र जन्ताको मुक्तिको लागि अग्रमोर्चामा नेकपा लागिपरेको वताउनु भयो ।
उहाँले अब नेपालका हरेक नेपालीहरुले देसको विषयमा बोल्नु पर्ने भन्दै सुकुम्बासीलाइ लालपुर्जा र वस्तिको विषयमा राज्यले जिम्मा लिनु पर्ने वताउनु भयो ।

सो अवसरमा रोहीत चौधरी र आकास चौधरी दुई जना नेकपामा प्रवेस गर्नु भएको छ ।
नगर सेक्रेटरी कामना चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको युवा संगठन नेपालका केन्द्रीय सदस्य .प्रेणाले संचालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस