न्यूनतम पारिश्रमिक र पेशागत सुरक्षा शुनिश्चित गर्न जनपत्रकार संगठनको माग

पत्रकार महासंघका अध्यक्षलाई ज्ञापनपत्र पेश


८ पुस काठमाडौं । जनपत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक,पेशागत सुरक्षा र स्थायित्वलाई शुनिश्चित गर्न नेपाल पत्रकार महासंघ समक्ष माग गरेको छ ।

जनपत्रकार संगठन नेपालले वुधवार (पुस ७) गते नेपाल पत्रकार महासंघलाई आफ्नो पाँच बुँदे ज्ञापनपत्र वुझाउदै यस्तो माग गरेको हो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यलय काठमाडौको गौशालामा पुगी अध्यक्ष विपुल पोखरेललाई संगठनका केन्द्रीय संयोजक शेर बहादुर बिक लगायतका केन्द्रीय नेताहरुको टोलीले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कोभिडका कारण रोजगारी गुमाएका संचारकर्मीहरुको पूर्नस्थापन,राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा सदस्यहरुको सुदृढिकरण गरि महासंघलाई मर्यादित र जिम्मेवारी वनाउदै पत्रकारीता गरिरहेका साथीहरुलाई महासंघको सदस्यता सहजरुपमा पाउने वातावरण गरिनु पर्ने उल्लेख गरिएको छ ।

जनपत्रकार संगठनले विदेशी साहायता रोकी महासंघलाई स्वदेशी र आत्मनिर्भर वनाउन पनि माग गरेको छ ।

यस्तै समानुपातिक विज्ञापन प्रणाली लागु गरिनु पर्ने र पत्रकारको क्षमता विकासका लागि तालिम लगाएका कामहरु गर्नुपर्ने जनपत्रार संगठनले भनेको छ ।

जनपत्रकार संगठनको माग प्रति आफू संवेदनशील रहेको र कार्यान्वय गर्न पहल गर्ने महासंघका अध्यक्ष विपुल पोखरेल बताउनु भयो । जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेर बहादुर बिकले माग वेवास्ता गरिए चरणवद्ध संघर्ष गर्न आफ्नो संगठन वाध्य हुने समेत चेतावनी दिनु भयो ।

पाँच बुदे ज्ञापनपत्र यस्तो छ 

प्रतिक्रिया दिनुहोस