माघ १०, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारलाई दबाव सृजना गर्न शुक्रबार कालिकोट सहित देशका विभिन्न ठाउँमा राजवन्दीहरुको रिहाको माग गर्दै फोटो प्रर्दशनी गरेको छ ।
कालिकोट जिल्लाको माल्कोट सेरापाटामा विसाल जनसभा सहित राजवन्दीहरुको फोटो प्रदर्शनी गरेको नेकपाले जनाएको छ ।
फोटो प्रदर्शनी सभामा पार्टी जिल्ला इन्चार्ज बिराटले सम्वोधन गर्दै विना कारण गिरफ्तार गरि झुट्टा मुद्धा लगाई हिरासत तथा कारागरमा वन्दी वनाइएका आफ्नो पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई यथाशिघ्र रिहा गर्न सरकार संग माग गर्नु भयो ।
उहाँले सरकार कम्युनिष्टको नभई निरंकुशतावादी दलालहरुको भएकोले आफ्नो पार्टी माथि प्रतिवन्ध लगाई दमन गरिरहेएको वताउनु भयो ।
नेता विराटले राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदवाट पास हुन आफ्नो पार्टीले नदिने भन्दै यदि जवर्जस्त पास गराए कडा आन्दोलनको सामना गर्नु पर्ने चेतावनी दिनु भयो ।
सेक्रेटरी रणदिपले दलाल सरकारका विरुद्ध देशभक्त र राष्ट्रप्रेमी आम नेपालीलाई आफ्नो राष्ट्रिय जनजागरण अभियानमा सहभागी हुन अनुरोध गर्नु भयो ।
कार्यक्रममा केन्द्रिय सामना साँस्कृतिक परिवार र भेरी कणाली साँस्कृतिक परिवारले राष्ट्रियता, जनतन्त्र र जनजीवीका संग सम्वन्धी विभिन्न रोचक गित, नृत्यहरु प्रस्तुत गरेका थिए ।
सुर्खेत
नेकपा सुर्खेतले पनि आज वीरेन्द्रनगरमा राजवन्दीहरुको फोटो प्रर्दशनी गर्दै रिहाको माग राखि प्रर्दशन गरेको छ । विभिन्न जनवर्गीय संगठनहरुको नेतृत्वमा नेकपाले वर्तमान सरकारको दमनकारी रवैयाको घोर भत्सर्ना गर्दै राजवन्दीहरुको फोटो प्रर्दशनी गरेको हो । गृहमन्त्री राम वहादुर थापा सुर्खेत रहेको समयमा कडा सुरक्षा घेराका भएपनि फोटो प्रर्दशन गरिएको नेकपा सुर्खेतले जनाएको छ ।
कैलाली
नेकपा कैलालीले पनि राजवन्दी रिहाको माग गर्दै आज धनगढीमा फोटो प्रदर्शनी सहित विरोध प्रदर्शन गरेको छ । एमसीसी र कालापानी–लिपुलेक अतिक्रमणको पनि विरोध गरेको छ ।
नेकपाका कार्यकर्ता तथा समर्थक र शुभचिन्तकले ‘राजबन्दी रिहाई गर, एमसीसी खारेज गर, अतिक्रमित नेपालीभूमी फिर्ता गर’ नाराबाजी गरेका थिए । धनगढीमा गरिएको उक्त विरोध प्रदर्शनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताले नेपालको राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप भएको भन्दै नेकपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए ।
उनीहरुले नेपाली भूमीमा विदेशीको सैन्य शिविर बनाउने उद्देश्यले एमसीसी सम्झौता गरिएको भन्दै खारेजीको माग गरेका थिए । विभिन्न समयमा प्रहरीले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेतृ उमा भुजेल, भरत बम, माइला लामा, बन्धु चन्द लगायत दर्जनौं नेता–कार्यकर्ता गिरफ्तार गरी झुटा मुद्दा लगाएको र जेलमा राखेको नेकपाले जनाएको छ ।