रिहाइ लगत्तै अदालत परिसरबाटै नेकपा नेता नविन र भृकुटी पुनः प्रकाउ

फाल्गुन १२, कालिकाेट । जिल्ला अदालत कालिकोटको फैसलालाई बेवास्ता गर्दै प्रहरीले नेकपाका २ नेतालाई अदालत परिसरबाटै पुनः पक्राउ गेरको छ ।

जिल्ला अदालत कालिकोटले सोमबार बम विस्फोट मुद्धामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नबिन विक (हितमान) र अनेम संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यय (भृकुटी) लाई कुनै पनि संलग्नता नरहेको ठहर गर्दै साधारण तारिखमा रिहा गर्न आदेश थियो । तर उनिहरू माथि प्रहरीमा अर्को मुद्धा रहेको भन्दै अदालत परिसरबाटै पहरीले पुनः पक्राउ गरेको छ ।

यस्तै यस अघि पनि एनसेल मुख्यालय नख्खुमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै उनीहरू विरुद्ध मुद्धा चलाएको थियो ।
उक्त मुद्धामा सफाइ दिदै उच्च अदालत पाटनले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले अदालत परिसरबाटै पक्राउ गरि सुनसरी पुर्याएको थियो ।

सुनसरी जिल्ला अदालतले पनि उनीहरु निर्दोश रहेको ठहर गर्दै साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । सुनसरी जिल्ला अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरि नेता विक र उपाध्यलाई गृह जिल्ला कालिकोट पुर्याएको थियो ।

जिल्लामा यहि ८ गते पुर्याए पनि मुद्धाको पेशी सोमबार मात्रै अदालतमा पेश गरेको थियो । रिहा हुने आशामा अदातलमा आफन्त र उनका समर्थहरुको बाख्लो उपस्थिती रहेको थियो ।

तर पटक पटक अदालको आदेशलाई बेवास्ता गरी पुनः पक्राउ गर्नु मानवअधिकार र कानुनी राज्यको उपहास भएको भन्दै मानवअधिकारक्रमिहरु र आफन्तले आक्रोश ब्यक्त गरेको छन ।

प्रतिक्रिया दिनुहोस