कर्णाली प्रदेश अस्पताल प्रमुखलाई कोरोना संक्रमण


कार्तिक ८ सुर्खेत । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना देखिएको छ । लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ
डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा. सन्जु खड्काका साथै छोरालाई पनि कोरोना देखिएको बताउनु भयो । कोरोनाका लक्षणहरू देखिएकोले उपचार पनि गरिरहेको उहाँको भनाइ छ ।
हालसम्म कर्णाली प्रदेश अस्पतालमा कार्यरत १८ जना चिकित्सकमा कोरोना देखिएको छ । ती सबै निको भैसकेका छन् । वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको भने कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस