नेकपा बाँकेले पनि पार्टी पूनर्गठन दिवश मनायो

८ मंसिर,बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले आज नवौं पार्टी पूनर्गठन दिवश मनाएको छ । जिल्लाको कोहलपुरमा जिल्लाभरका नेता कार्यकर्ताको सहभागितामा पार्टी पूनर्गठन दिवश मनाएको हो ।

पार्टीका वैकल्पिक केन्द्रीय सदस्य अनिल सी,जिल्ला पार्टीका सचिव कल्पना सी लगायतको सहभागीतामा पूनर्गठन दिवश मनाईएको हो । कार्यक्रममा एक अर्कालाई शुभकामना व्यक्त गरिएको थियो ।

केन्दीय सदस्य अनिलले पार्टी पूनर्गठन दिवश महत्वपूर्ण भएको भन्दै यो पार्टी संशोधनवाद,यथास्थितिवाद लगायतका प्रवृति संग संघर्ष गर्दै स्थापना भएको वताउनु भयो । उहाँले यो पार्टीले मात्र अवको क्रान्तिको नेतृत्व गर्ने पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस