१२ माघ, कालिकोट । नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले कालीकोटमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
नेकपा ओली समूहले आयोजा गरेको आमसभालाई सम्बोधन गर्न कालीकोट पुग्नु भएका गृहमन्त्री थापाविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
गृहमन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन समेत प्रदर्शन गरिएको छ ।
प्रर्दशनकारीले कार्यक्रमस्थलदेखि १०० मिटर टाढा टायर बालेर विरोध गरेका थिए । आधा घण्टापछि सशस्त्र प्रहरी बल र प्रहरीको टोलीले प्रदर्शनस्थल नियन्त्रण लिएको थियो ।
प्रतिक्रिया दिनुहोस