घाईते,अपाङग,र पूर्व जनमुक्ति सेनाको व्यवस्थापन सरकारले गर्ने ः वादल


१२ माघ कालिकोट । नेकपा (नेकपा) ओली समुहका सचिवालय सदस्य तथा सरकारका गृहमन्त्री रामबहादुर थापा (बादलले) जनयुद्धका घाईते, अपागं, लगायत पुर्व जनमुक्ति सेनाको व्यवस्थापन सरकारले गर्ने निर्यण भइसकेको बताउनु भएको छ ।
ओली समुहले आज कालिकोटमा आयोजना गरेको जनसभालाई सम्बोधन गदै, गृहमन्त्री थापाले, ,शशस्त्र दन्द्धमा रोल्पा, रुकुम, पछिको प्रभावित जिल्ला कालिकोट भएको वताउनु भयो । उहाले घाईते, अपाङग, विस्तापित हरुको संख्या बढि नै रहेकाले उनिहरुको व्यावस्थापन तर्फ आफुहरु लागि रहेको बताउनु भयो । प्रचण्डले उनीहरुको व्यवस्थापन गर्न नसकेको भन्दै अव वर्तमान केपि ओलीको नेतृत्वको सरकारले गर्ने दावी गर्नु भयो ।
सरकारद्वारा प्रतिवन्धित विप्लव नेकपा पनि राजनीतिक मुलप्रवाहमा आउने बताउनु भयो । उहाँले विप्लव समूहलाई राजनीतिक तथा प्रशासनिक रुपमा नियन्त्रण गर्न सरकारको नीति यथावत नै रहेको बताउँदै छिट्टै विप्लव समूह पनि राजनीतिक मुल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताउनु भयो ।
ओली समुहका केन्द्रिय समिति सदस्य नगेन्द्र शाही नेशनलको अध्यक्षतामा भएको जनसभामा नेकपा कर्णाली प्रदेश कमिटी सह इन्चार्ज यामलाल कंडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस