कालिकोट,वाँके र वर्दियामा नगर तथा गाउँसभा सम्पन्न

असार ११ गते,

कालीकोट जिल्लाका विभिन्न ९ वटा स्थानीय तहका नगर तथा गाउँसभा सम्पन्न भएका छन । वुधवार जिल्लाको खाडाचक्र नगरपालिका,राष्कोट नगरपालिका र तिलागुफा नगरपालिकामा नगरसभाहरु सम्पन्न भएको नगरश्रोतले जनाएका छन । यस्तै वुधवार नरहरीनाथ गाउँपालीका,शान्नित्रिवेणी गाउँपालिका,पलाँता गाउँपालिका, पचलझरना गाउँपालिका,शुभकालीका गाँउपालिका,र महावै गाँउपालिकामा पनि गाउँसभाहरु सम्पन्न भएको गाउँपालिका श्रोतहरुले जनाएका छन । नगर तथा गाँउ सभाहरुले नगरपालिका तथा गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेका छन । आगामी आर्थिक वर्ष २०७७÷७८को अनुमानित प्रस्तावित वजेट समेत पेश गरेको र छलफल पछि पारीत गरिने स्थानीय निकायहरुले जनाएका छन । आगामी आर्थिक वर्षको वजेटमा प्रायःजसो सवै नगर तथा गाउँपालिकाहरुले शिक्षा,स्वास्थ्य,कृषि,रोजगारलाई वजेटमा प्राथमिकता दिएको जनाएका छन । नरहरीनाथ गाउँपालिकाले भने चालु तर्फ ३५ करोड ६२ लाख ९१ हजार ६ सय ९० र पूजिगत तर्फ १७ करोड ५७ लाख ७८ हजार रुपैया सहित कुल ५३ करोड २० लाख २९ हजार ६ सय ९० रुपैया वरावरको वजेट प्रस्तुत गरेको जनाएको छ ।
वाँके
यसैविच वाँके जिल्लाका विभिन्न आठ वटा स्थानीय निकायहरुका नगर तथा गाउँ सभाहरु वुधवार वाट सुरु भएका छन । नगर तथा गाउँ सभाहरुले आगामि आर्थिक वर्ष वर्ष २०७७÷७८को नीति तथा कार्यक्रम पारित गरेको जनाएका छन । नेपालगंज उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८को नीति तथा कार्यक्रम पारित गर्दै नगरसभामा १अरब ४७ करोड वरावरको वजेट छलफलका लागि पेश गरेको नगरप्रमुख धवल शम्सेर राणाले वताउनु भएको छ । कोहलपुर नगरपालिकाले पनि आफ्नो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्दै सभामा आर्थिक वर्ष २०७७÷७८ का लागि ८६ करोड वरावरको वजेट छलफलका लागि पेस गरेको नगरप्रमुख लुट वहादुर रावतले वताउनु भएको छ । यस्तै राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७८ करोड ३३ लाख ६ सय ९० रुपैया वरावरको वजेट छलफलका लागि गाउँसभामा पेस गरेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले वताउनु भएको छ । जिल्लाको वैजनाथ गाउँपालिकाको गाउँसभा पनि वुधवार वाटै सुरु ्भएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गर्दै आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ६१ करोड २४ लाख ९५ हजार २ सय २० रुपैया वरावरको वजेट पेस गरेको छ । गाउँपालिकाले कृषि र पशुपालनमा विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष मान वहादुर रुचालले वताउनु भएको छ । यस्तै जानकी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम पारित गर्दै आगामी आर्थिक वर्षका लागि ५९ करोड ५६ लाख ८२ हजार रुपैया वरावरको वजेट पेस गरेको अध्यक्ष रामनिवास यादवले वताउनु भएको छ । जिल्लाको खजुरा गाउँपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रम पारित गर्दै आगामी आर्थिक वर्षको लागि ७६ करोड वरावरको वजेट पेस गरेको प्रमुख प्रशासकीय अधिकृत वम वहादुर केसीले वताउनु भएको छ । जिल्लाको डुडुवा गाउँपालिको पनि गाउँ सभाले नीति तथा कार्यक्रम पारित गर्दै ५६ करोड.वरावरको वजेट पेस गरेको अध्यक्ष नरेन्द्र चौधरीले वताउनु भएको छ । उता जिल्लाको नरैनापुर गाउँपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रम पारित गर्दै ५४ करोड वढीको वजेट गाउँसभामा पेस गरेको अध्यक्ष इस्तियाक अहमत शाहले वताउनु भएको छ । प्रायः सवै स्थानीय तहहरुले शिक्षा,स्वास्थ्य,कृषि,पसुपालन,रोजगार पूर्वाधार जस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिएको जनाएका छन ।
वर्दिया
यस्तै वर्दिया जिल्लाका विभिन्न आठ वटा स्थानीय निकायहरुको वुधवार नगर तथा गाउँसभाहरु सम्पन्न भएका छन । जिल्लाको गेरुवा गाउँपालिका,वढैयाताल गाउँपालिकामा गाउँसभाहरु सम्पन्न भएका छन । गाउँसभाले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित गरेको छ । आगामी आर्थिक वर्षको अनुमानित वजेट समेत सभामा पेस गरिएको गाउँपालिका श्रोतले जनाएको छ । यस्तै जिल्लाको राजापुर नगरपालिका ,मधुवन नगरपालिका,ठाकुरवावा नगरपालिका,गुलरिया नगरपालिका, वाहरवर्दिया नगरपालिका र वाँसगढी नगरपालिकाको पनि नगरसभा वुधवार सम्पन्न भएका छन । नगरसभाहरुले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम पारित गरेका छन भने आफ्नो आगामी वर्षको अनुमानित वजेट समेत छलफलका लागि नगरसभामा पेश गरेको जनाएका छन । नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,रोजगार पूर्वाधारका क्षेत्रलाई विशेष प्राथमीकता दिएको नगरपालिकाहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस