कालिकोटमा डोजरले खसालेको ढुङगा लाग्दा एक युवकको मृत्यु

११ असार, कालिकोट । जिल्लाको शान्नित्रिवेणी गाउँपालिकाको आम्तडा स्थित सिस्नेमा बाटो खन्ने क्रममा डोजरले खसालेको ढुङगा लागेर एक युवकको मृत्यु भएको छ ।
बुधवार राति करिव ११ बजेतिर रास्कोट नगरपालिका वडानम्वर ८ बाँखरकोट घर भएका २२ बर्षिय युवक वावुराम टमट्टाको डोजरले खसालेको ढुङगा टाउकोमा लाग्दा मृत्यु भएको हो ।
युवा वावुराम सहित ९ जना युवाहरु सेरिज्यूलामा छोरो भएको छैटेरातिको नाचगान हेर्न जाँदै गर्दा बाटो काटिरहेको डोजरले ढुङगा खसाल्दा उनको घटना स्थलमै ज्यान गएको प्रत्यक्षदर्शी युवाहरुले बताएका छन ।
लुईयाटा रकु ग्रामीण सडक खण्डको ट्याक खोल्ने ठेक्का जगदम्भा अभियान इभान जेविले ६ करोड ५० लाखमा पाएको छ । यस ठेकेदार कम्पनीका मालिक खाडाचक्र नगरपालिका ताडीका गणेश आर्चाय हुन ।
उनको ठेक्का कम्पनीको डोजर चलाईरहेका चालक जनक विकले राति चलाएको डोजरले ढुङगा खसाल्दा युवा टमट्टाको मृत्यु भएको ठेकेदार आर्चायले आफै स्वीकार गरेका छन ।
ठेकेदार आर्चायका अनुसार राति ९ बजे देखि विहान ४ बजेसम्म कर्णाली करिडोरको बाटो बन्द गरिएको थियो । बाटो बन्दका लागि जिल्ला प्रशासन कार्यालय मार्फत अनुमति समेत लिएको थियो ।
ठेकेदार आर्चायले तर पनि युवाहरु राति लुकेर जाँदा दुखत घटना घटेको ज्वाला खवरलाई जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्सपेक्टर बर्म यादवले बाटो काटिरहेको समयमा राति ११ बजे युवाहरु राम हेर्न जाँदै गर्दा ढुङगा लागेर मृत्यु भएको ज्वाला खवरलाई जानकारी दिए । अहिले मृतक टमट्टाको शवलाई रास्कोट नगर अस्पताल गौतु लगिएको छ ।
पीडित परिवार र ठेकेदार कम्पनीका प्रतिनिधिहरुबीचको वार्ताको तयारी भईरहेको बताईएको छ । पीडित परिवारले उचित क्षतिूर्ति र डोजर चालकामाथि कार्वाहीको माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस