के पूँजीवाद र समाजवाद एउटै हो ?

आज विश्वमा पूँजीवाद र समाजवाद बीच तिव्र बहस छ । एकातिर साम्राज्यवादले विश्वबाटै समाजवाद असफल भएको भ्रम दिइरहेको छ अर्कोतिर कम्युनिष्टहरुले समाजवाद असफल नभएको दावी गरिरहेका छन । आज पूँजीवादले समाजवादलाई खराव देख्छ भने समाजवादले पूँजीवादलाई खराव देख्छ । पूँजीवाद पूँजीपती वर्गको व्यवस्था हो भने समाजवाद श्रमजीवी वर्गको व्यवस्था हो । त्यसो भएर एक अर्कालाई खराव देख्नु कुनै अनौठो कुरा होइन । मुख्यतः पछिल्लो समय साम्राज्यवादले कम्युनिष्ट सामाजवादीहरुलाई सिध्याउन भुमण्डलीकृत पूँजीवादको विकास गरेको छ । उ हरेक क्षेत्रवाट नयाँ रणनीति बनाएर कम्युनिष्टहरुका विरुद्ध आएको छ । तर समाजवाद चाहने विश्वका कम्युनिष्ट शक्तिहरु भने माक्र्सवाद,लेनिवाद र माओवादको थपप्रदर्शक विचारलाई थप विकास गर्न नसक्दा कहिन कहि असफलताको बाटोमा धकेलिरहेका हुन कि भन्ने प्रश्न उठेको छ । यो प्रश्नको जवाफ विश्वका सवै कम्युनिष्टहरुले दिने वेला आएको छ । इतिहाँसमा हामीले देखेका छौ सन १९१७ मा रुस, सन १९४९ मा चीन लागतका विश्वका १५ वढी देशमा समाजवादी सत्ता स्थापना भएका छन । तर ती असफल भएका छन । विश्वमा कुनै पनि देशमा अहिले क्रान्तिकारी समाजवादी सत्ता छैन । भलै चीन र उत्तरकोरीयाले आफ्नो विशिष्टतामा समाजवादी सत्ता चलाईरहेको दाबी गरेका छन । ती सत्ता पनि पूँजीवादको जगमा उभिएका छन । शुद्ध समाजवादी व्यवस्था मानिदैन । यो अवस्था विश्व कम्युनिष्ट आन्दोलनमा किन आयो त ? भन्ने कुरा गहिरो गरी अध्ययन गर्नुपर्ने वेला आएको छ । खास गरेर जनतामा पूँजीवाद भनेको के हो ? समाजवाद भनेको के हो ? भन्ने कुरा बुझाउन जरुरी छ ।

सुरुमा पूँजीवाद भनेको के हो त ? पूँजीवाद भनेको संसारमा निजी स्वामित्वको पूँजी भन्दा अरु केही पनि नदेख्ने प्रणाली हो । हरेक व्यक्ति आफ्नो व्यक्तिगत स्वार्थको लागि पूँजी कमाउनको लागि भ्रष्टाचार,कमिशन,लुटपाट, लगायतका कामहरु गर्न बाध्य हुन्छ । राष्ट्रिय स्वाधीनता समेत बेच्न वाध्य हुन्छ । गरीब माथि आफ्नो चरम आर्थिक शोषण गर्छ । गरीब झन गरीब हुने र धनी झन धनीहुदै जाने व्यवस्था नै पूँजीवाद हो । विश्वको सम्पति निश्चित व्यक्तिको हातमा लैजाने,गरिवमुलूकका जनता र देश माथि शोषण गरेर नाफा कमाउनकै लागि आक्रमण गर्ने,युद्ध भड्काउने लगायतका कार्य पूँजीवादले गर्छ । यो नै पूँजीवादी चरित्र हो । त्यतिमात्र होइन पूँजीवादले पैसाकै लागि परिवारका सदस्य देखि आफ्नो राष्ट्र र जनतालाई समेत बेच्न पछि पर्दैन । पूँजीवाद एक किमिको फासीवाद पनि हो । शान्ति र प्रजातन्त्रको नाममा फासीवाद लागु गर्छ । यो श्रमजीवी बर्गको मुख्य सत्रु हो । यसले पूँजीपती वर्गको पक्ष पोषण गर्छ । यो पूँजीपतीवर्गको हितमा कटिवद्ध हुन्छ । यसले राजनैतिक,समाजिक सांस्कृतिक र आर्थिक क्षेत्रमा विकृति निम्त्याउछ ।

राजनैतिक क्षेत्रमा टुटफुट विभाजन र किनवेचको भद्दा काम गर्छ । सामाजिक क्षेत्रमा जनता माथि विभिन्न विभेदहरु सृजनता गर्ने विज्ञानकोविकासको कुरा लुकाउने र अन्धविश्वासको खेति गर्ने,सांस्कृतिक रुपमा छाडा संस्कृतिको सुरुवात गर्ने र आर्थिक क्षेत्रमा एकाधीकार बजार कायम गर्ने गर्छ । पूँजीलाई आफ्नो मातहत भन्दा वाहिर जान दिदैन । हेरक जनता र हरेक गरीब देशहरु उसको अधिनस्थ भएर वस्नु पर्ने हुन्छ । यो व्यवस्था भनेको नयाँ विकसित दास बनाउने पूँजीवादी व्यवस्था हो । यसलाई श्रमजीवी वर्गले समयमै चिन्न सक्नु पर्छ ।
अब अर्को कुरा सामाजवाद र समाजवादी व्यवस्था भनेको के हो त ? वास्तवमा समाजवाद भनेको पूँजीवादको ठिक विपरित चिज हो । यसले श्रमजीवीवर्गको पक्ष लिन्छ । एकाधिकार पूँजीको विरोध गर्छ । सामूहिक स्वामित्वको पक्षपोषण गर्छ । व्यक्तिगत स्वार्थ भन्दा सामूहिक स्वार्थमा समाजवादी व्यवस्था जान्छ । समाजादी व्यवस्थाले पूँजीलाई समान रुपमा सवैको हातमा परिचालन हुने वातावरण दिन्छ । जनताको आधारभूत गाँस,वास कपास,स्वास्थ्य,शिक्षाको ग्यारेण्टी समाजवादले गर्छ । क्षमता अनुसारको काम र काम अनुसारको माम यो व्यवस्थामा हुन्छ । आज श्रमिकले उचित काम अनुसारको ज्याला नपाउदा शोषण भएको छ । समाजवादमा श्रमशोषण गर्न पाईदैन । हरेकले क्षमता अनुसारको राज्यमा श्रम गरेकै हुनुपर्छ र उसको आधारभूत आवश्यकता राज्यले जिम्मा लिएकै हुनुपर्छ । यो व्यवस्था नै समाजवादी व्यवस्था हो । यो सवैको अधिकार सम्पन्न शोषणरहित,समानता र मानवधिकारको रक्षाको सभ्य र शिष्ट व्यवस्था हो ।

समाजवादमा राजनैतिक एकाधिकार हुदैन । समाजवादी प्रतिस्पर्धा हुन्छ । जनतावाट निर्वाचित र क्रान्तिकारी पार्टीले मनोनित गर्ने दुवै परीपार्टी हुन्छ । पार्टीमा विखण्डन गर्ने चलखेल गर्ने विदेशीको गोटी बन्ने परिपार्टीको अन्त्य हुन्छ । सामाजिक रुपमा समाजका विकृति विसंगति हत्या,वलात्तका,भ्रष्टाचार,मानव वेचविखन सवै बन्द हुन्छ । जातीय,क्षेत्रीय र लैङ्गिक विभेद अन्त्य हुन्छ । सांस्कृतिक रुपमा छाडा र विकृत संस्कृतिको अन्त्य हुन्छ । जनवादी तथा प्रगतिशील संस्कृतिको विकास हुन्छ । आर्थिक रुपमा निजीस्वामित्वको अन्त्य गरी सामूहिक स्वामित्वमा जोड दिने हुन्छ । भुमण्डलीकृति पूँजीवादको अन्त्य हुन्छ । साम्राज्यवादी हस्तक्षेको अन्त्य भएको स्वाधीनत देश हुन्छ । समाजवादले मुख्य त सिंगो समाजको भलाई र मुक्ति खोज्छ तर पूँजीवादले निश्चित व्यक्ति र साम्राज्यवादी मुलुकको भलाई खोज्छ । अथवा पूँजीपति र शक्ति हुनेवाला वर्गको पक्ष लिन्छ ।

यो कुरालाई आज बुझन र बुझाउन नसक्दा समाजमा पूँजीवाद र समाजवादलाई एउटै देख्ने प्रवृति पनि छ । यो प्रवृतिले समाजमा भ्रम दिरहेको छ । यो पूँजीपती वर्गको स्वार्थमा काम गरिहने प्रवृति हो । हरेक नेपालीले आज नेपाल पूँजीवादको खराव अवस्थामा छ भनेर बुझनु पर्छ । अझै नेपाल पूँजीवाद मात्र होइन दलाल पूँजीवादमा विकास भएको छ । दलाल पूँजीवादले विदेशीहरुको चाकरी गर्ने,सहयोगको नाममा ऋण लिने,देशका नदिनाला र सिमाना बेच्ने र भुडी भर्ने काम गर्छ । आफ्ने नागरिकलाई भुटानी शरणार्थी बनाएर बेच्ने सम्मको काम यहि दलाल पूँजीवादले गर्छ । आज भ्रष्टाचारका असंख्य र डरलाग्दा घटनाहरु बाहिरीएका छन । यो पनि दलालपूँजीवादको विशेषता हो र चरित्र हो । आफ्नै छोरा छोरीहरु मारेर बेचेर पूँजीका लागि खाने व्यवस्था नै दलाल पूँजीवाद हो । यो नेपालको गम्भीर समस्या हो । यो समस्यावाट नेपाली जनताले मुक्ति पाउनको लागि वैज्ञानिक समाजवादको विकल्प छैन ।

अझै पछिल्लो समय नेकपा सहित माओवादी केन्द्र,एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समाजवाद सम्म पुग्ने उद्देश्य राखेर बनाएको समाजवादी मोर्चा पनि नयाँ आयाम हो । नेपाललाई समाजवाद सम्म पुर्याउने लक्ष्य लिएको छ । यो नेपालको लागि सकरात्मक कदम हो । यसलाई केही व्यक्ति र पार्टीहरुले नेकपा संसदवादमा गयो संसदवादीहरु संग समाजवादी मोर्चा बनायो जस्ता भ्रम पनि आएका छन । यो अज्ञानता हो । वास्तवमा सत्य कुरा त्यो होइन समाजवाद ल्याउने मुलमर्म राखेर मोर्चा बनाउने कुरा संसोधनवाद हुन सक्दैन । सवै क्रान्तिकारी पार्टी शक्तिहरुले अहिलेको सवैको सत्रु दलाल पूँजीवादलाई मिल्काउन एकहुनु पर्छ । समाजवाद सम्म नेपाललाई लैजानु पर्छ । त्यसपछि नेपाललाई वैज्ञानिक समाजवाद सम्म पुर्याउनु पर्छ । यो अनिवार्य शर्त हो ।

अन्त्यमा, समाजमा पूँजीवाद र समाजवाद वारे जेजति वहस भएपनि त्यसको छुट्टा छु्ट्टै अर्थ र परिभाषा छ । यिनका भिन्न भिन्नै दर्शन र वर्ग छन । यो एउटै चीज होइन भन्नेमा प्रष्ट हुनुपर्छ । हरेक वस्तुको गहिराईमा गएर अध्ययन गर्नुपर्छ । समाज विज्ञानको गति पनि स्थिति हुन सक्दैन । माक्र्सवाद समयको मौद्धिक सारतत्व हो भने जस्तै यो समय अनुसार विकसित हुन्छ र विकास हुन्छ । आज भन्दा दुईसय वर्ष अघि रुस र एक सय वर्ष अघि चीनमा समाजवाद नआएको भए ती देशहरु अहिले यत्तिको विकासमा पुग्ने थिएनन । आज रुस र चीन शक्तिशाली देश भएका छन । अमेरिका विश्वका देशहरु माथि आक्रमण गर्ने अवस्थामा पुगेपनि त्यसको जवाफ रुस र चीनले दिने अवस्था छ । आज विश्व एकधुव्रीय छैन । वहुधुव्रीय विश्व बनेको छ । युक्रेन युद्धले अमेरिको पूँजीवादी साम्राज्यवादले फासीवाद सृजना गरेको छ । यी तमाम कुरालाई ख्याल गर्दै अव पूँजीवाद होइन समाजवाद आवश्यक छ । यसलाई स्थापित गरौं । समाजवाद ल्याउने बाटोमा सवै जना अघि वढौं ं ।

प्रतिक्रिया दिनुहोस