हुम्लाबाट नेपालगंज ल्याउदै गरेको ठुलो मात्राको विधुतीय चुरोट (भेप) बरामद, ३ जना पक्राउ

९ भाद्र, सुर्खेत । मानव स्वास्थ्यको लागि धेरै हानिकारको रुपमा लिने विधुतीय चुरोट (भेप) को अवैध कारोवार कर्णाली प्रदेशमा पनि हुन थालेको छ ।
कर्णाली प्रदेशको चीन सीमा जोडिएको हुम्ला जिल्लाबाट उच्च तहका व्यक्तिहरुको मिलेमत्तोमा अवैधानिक रुपमा भेपको कारोवार हुने गरेको खुलासा भएको हो ।
यहि भाद्र ७ गते हुम्लाबाट आएको ट्रकबाट दैलेखको आठविस नगरपालिकाका खिड्की ज्यूलामा सशस्त्र प्रहरीको टोलीले चेक जाँच गर्दा ३९ हजार ९ सय थान भेप वरामद गरेको छ । यसले कर्णाली प्रदेशलाई निकै गम्भीर बनाएको छ ।
भेपको करोवार सुनतस्करहरुले विदेशबाट ल्याएर काठमाडौमा गर्ने गरेको समाचार आएपनि कर्णालीको लागि भने भेपको कारोवार पहिलो हो । यसले यो कारोवारमा उच्च तहको संलग्नता रहेको सहजै अनुमान गर्न सकिन्छ ।
ना. अ. प. आ. ८३ नम्वरको ट्रकलाई सशस्त्र प्रहरीले चेक जाँचका क्रममा यति ठुलो मात्रमा भेप वरामद गरेको दैलेख प्रहरीले बताएको छ ।

ट्रकमा जिल्लाबन कार्यालय हुम्लाले ‘सेतक चिनी’ जडिबुटी बोकेको भन्दै ट्रकमा टाँचा समेत लगाएको भेटिएको छ ।
यो अवस्थाले पनि टाँचा लगाउदा जिल्ला बन कार्यालय हुम्लाले किन भेप देख्न नसकेको हो ? भनि गम्भीर प्रश्न उव्जाएको छ ।
यसमा जिल्ला बन कार्यालय हुम्लाका अधिकारीहरु समेत सहभागी भएको हुनसक्ने प्रश्न भने उठाइदिएको छ ।
जिल्ला बन कार्यालयको सिल गरिएको ट्रक भित्र अवैध विधुतीय चुरोट भेप भेटिए पछि प्रहरीलाई समेत गम्भीर तुल्याएको छ ।
दैलेख प्रहरीले वरामद गरेको भेप,सेतक चिनी, ट्रक र ट्रक चालक सहित साथमा रहेका तीन जनालाई आवश्यक कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरलाई आईतवार (भाद्र ८) गते बुझाएको छ । उनीहरुको नाम भने सार्र्वजनिक गरिएको छैन ।


राजस्व अनुसन्धान कार्र्यालय कोहलपुरका प्रमुख उमेशराज रिमालले ज्वाला खवरलाई दिएको जानकारी अनुसार पक्राउ परेका ३ जनालाई कोहलपुर प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।
उहाँले दैलेख प्रहरीबाट वरामद भएको भेप प्रहरी, बन कार्यालयका कर्मचारी, जनप्रतिनिधि लगायतको रोहवरमा आईतवार साँझ गन्ती गर्दा ३९ हजार ९ सय थान भेटिएको जानकारी दिनु भयो ।
राजस्व अनुसन्धान कार्र्यालय कोहलपुरका प्रमुख रिमालले ट्रक भित्र सेतक चिनी जडिवुटी भित्र लुकाई छिपाई राखिएको अवस्थामा यतिधेरै मात्रमा भेप वरामद भएको स्वीकार गर्नु भयो ।
उहाँले भन्नु भयो ‘यो चीनबाट आयत भए जस्तो छ, यो कर्णालीमा पनि भेपको अवैधानिक कारोवार देखिनु गम्भीर बनाएको छ, ३९ हजार ९ सय थान तीन प्रकारको भेप बरामद भएको छ, करिव ३ देखि ४ करोड माथिको अनुमान गर्न सकिन्छ । यो ३२४ वटा काटुन र २०० बोरामा ल्याइएको छ ।’

राजस्व अनुसन्धान कार्र्यालयले जिल्ला बन कार्यालय हुम्लाको जडिवुटी भनेर सिलबन्दी गरिएको ट्रक भित्र कुनै विल विजक तथा कागज पत्र नभएको अवैधानिक विधुतीय चुरोट भेटिनु ठुलो चलखेल हुन सक्ने अनुमान गरेको छ ।
राजस्व अनुसन्धान कार्र्यालय कोहलपुरका प्रमुख रिमालले घटनाको अनुसन्धान गर्दै जाँदा जिल्ला बन कार्यालय हुम्लाका कर्मचारीहरु समेत तानिने अवस्था आएको जानकारी दिनु भयो ।
राजस्व अनुसन्धान कार्र्यालय कोहलपुरका अर्का कर्मचारीले ज्वाल खवरलाई भने ‘यो सामान्य व्यक्तिले गर्ने काम होईन, बन कार्यालयको टाँचा लगाएको ट्रकमा भेप भेटिएको छ, साथ केही वोरा सेतक चिनी पनि छ , यो अवैध चोरी पैठारी हो, सामान अवैध नभएपनि प्रक्रिया अवैध छ, अनुसन्धान पछि दोषि माथि कानुन वमोजिम कार्वाही हुन्छ ।’
राजस्व अनुसन्धान कार्र्यालय कोहलपुरका प्रमुख रिमालले ३ करोड भन्दा माथिको बजारमुल्य देखिए जिल्ला अदालत बाँकेमा मुद्धा दर्ता गरी कानुन वमोजिम कार्वाही हुने बताउनु भयो ।
उहाँले भन्नु भयो ‘हामी ल्याव परिक्षण पनि गर्छौ, ३ करोड भन्दामाथि वजार मुल्य आउला जस्तो छ हामी त्यतिनै जरिवानाको माग दाबी गर्दै अदालत जान्छौ । ३ करोड भन्दा तल भए त्यत्ति नै जरिवानामा गर्ने व्यस्था छ ।’
विद्युतीय चुरोट)को प्रयोगले युवा युवतीहरुमा नकारात्मक असर पार्ने गरेको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्छन् ।
विद्यालय तथा कलेजका कतिपय छात्रछात्रासमेत विद्युतीय चुरोटको कुलतमा पर्न थालेको अनुमान गरिएको छ । यस्तो चुरोटको प्रयोगले फोक्सोमा समस्या उत्पन्न हुने डाक्टरहरुले बताउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस