रामेछापमा जनपत्रकार संगठन नेपालको नयाँ नेतृत्व निर्वाचित गर्दै प्रथम भेला सम्पन्न

९ असोज,रामेछाप । जनपत्रकार संगठन नेपाल जिल्ला समिति रामेछापको प्रथम भेला शनिवार सम्पन्न भएको छ ।

भेलाले वद्रि वाहोराको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरि ११ सदस्सीय जिल्ला कार्यसमिति निवार्चित गरेको छ ।
जसमा उपाध्यक्ष दिक्षा ढुङ्गेल,सचिव एस के शर्मा रहनु भएको छ । यस्तै सदस्यहरुमा वविता शाही,सुनिल उर्कटी, रोशन वस्नेत,सजन कार्की,राम सुनार,सृजना उर्कटी रहेका छन ।

“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिवद्धता,मानवअधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता ”भन्ने मुलनाराका प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।

भेलालाई जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि शोभराज वरालले संवोधन गर्दै अरु पत्रकार भन्दा जनपत्रकार संगठन फरक भएको वताउनु भयो ।

उहाँले जनताको वास्तविक आवाज उठाउने र लेख्ने पत्रकार भनेको जनपत्रकार संगठन भएको दावि गर्नु भयो । वरालले अव दलाल पत्रकारिता नभएर जनताको पक्षमा पत्रकारिता गर्न पत्रकारहरुलाई सुभाव दिनु भयो ।

भेलामा नेकपाका जिल्ला सेक्रेटरी इन्द्रले समाजमा भएको भ्रष्टाचार,कमिशनका विरुद्ध समाचार लेख्न नसक्ने पत्रकार वास्तविक पत्रकार हुन नसक्ने वताउनु भयोे ।

उहाँले समाजको अन्याय अत्याचार र कुसंस्कार विरुद्ध कलम चलाउन वुजुर्वा पत्रकारलाई आग्रह गर्नु भयो ।

भेलामा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष वद्री नयाँघरेले शुभकामना मन्तव्य दिदै प्रतिगमनका विरुद्ध हरेक आन्दोलनमा पत्रकारहरुको महत्पूर्ण भूमीका रहको वताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस