९ असोज,पोखरा । विप्लव नेतृत्वको नेकपा संग आस्थावान अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै शनिवार सकिएको छ ।
पोखरामा असोज ६ गते देखि जारी सम्मेलनले शनिवार नयाँ नेतृत्व निर्वाचित गर्दै सकिएको हो । सम्मेलनले प्रकास शाहीको अध्यक्षतामा १०५ सदस्सीय केन्द्रीय समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष नरेन्द्र विक,महासचिव मिलन राई,सचिव विरेन्द्र शाह,कोषाध्यक्ष रुपा वुढा मगर लगायत रहेका छन ।
सम्मेलनको उद्घाटन र वन्द सत्रमा नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य धर्मेन्द्र वास्तोला,सन्तोश वुढामगर लगायतका नेताहरुको सहभागीता रहेको थियो । वन्द सत्र शुक्रवार सकिने भनिएपनि कार्यक्रम लम्विएकाले शनिवार मात्र सकिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।
सम्मेलनले संगठनको विद्यान,प्रतिवेदन आगामी योजनाको कार्यपत्र समेत सर्वसहमत पारित गरेको छ । वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तीको आन्दोलनमा विद्यार्थीहरु एक भएर जाने सम्मेलनले निर्णय गरेको छ ।
सम्मेलनले निवर्तमान अध्यक्ष रहनु भएका चिरनजिवी ढकाल सहित २४ जना केन्द्रीय सदस्यलाई ससम्मान विधाई गरेको छ ।
सम्मेलनको उद्घाटन सत्र र वन्द सत्रमा नेकपाका महासचिव विप्लवले सम्वोधन गर्दै तीन वुदे सहमति सरकारले कार्यन्वयन नगरे युवा विद्यार्थी संगै सिंगो पार्र्टी जनतामा जाने घोषणा गर्नु भएको थियो ।