जनपत्रकार संगठन नेपाल बागलुङको अध्यक्षमा विष्णु विक

९असोज,बागलुङ । जनपत्रकार संगठन नेपाल बागलुङ जिल्ला समितिको प्रथम जिल्ला भेला शनिवार सम्पन्न भएको छ । भेलाले विष्णु विश्वकर्माको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज ध्रुव घिमिरे (विप्लव)ले सम्बोधन गर्दै जनपत्रकार संगठनको बारे स्पष्ट पार्दै सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता जोड दिनुपर्ने बताउनु भयो ।

आम श्रमजीवी, उत्पीडित, निमुखा सर्वहारा वर्गको पक्षधरतामा उभिएर समाजका विकृति विसंगतिको विरुद्धका दृढ प्रतिबद्धताका साथ नयाँ राज्यव्यवस्था स्थापनाको लागि महत्तपूर्ण भूमिका निर्वाह गर्नु नै जनपत्रकारहरुको मूल धर्म रहेको उहाको भनाई थियो ।

कार्यक्रमका अतिथि तथा नेकपाका बागलुङका सचिव आकाशले दलाल संसदीय व्यवस्थाको अन्त्य नगरी देशमा देखिएका समस्यालाई समाधान दिन नसक्ने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस