नेकपा नेता प्रभाकर दम्पतीलाई कोरोना संक्रमण


९ कात्तिक, काठमाडौं । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उहाँकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उहाँमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो ।
आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिनु भएको छ । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गर्नु भएको छ । पूर्व गृहमन्त्रीसमेत रहनु भहेका प्रभाकर होम आइसोलेसनमा वस्नु भएको छ ।
प्रभाकरका भाइ अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । उहाँ पनि होम आइसोलेसनमा बस्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस