नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको अध्यक्षमा सेजुवाल निर्वाचित


१३ माघ सुर्खेत । नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको कर्णाली प्रदेशको प्रदेश स्तरिय भेला आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
कर्णाली प्रदेश भरीका सवै जिल्लाका खेल प्रेमी खेलाडी युवाहरुको सहभागीतामा नयाँ नेतृत्व चयन गर्दै भेला सम्पन्न भएको हो ।
भेलाले कालिकोट जिल्ला निवासी खेलाडी अम्मराज सेजुवालको अध्यक्षतामा २१ सदस्सीय नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको प्रदेश कमिटी निर्वाचित गरेको छ ।
त्यस्तै प्रदेश संघमा कालिकोट जिल्ला वाटै उपाध्यक्ष आशा शाही र सदस्य अस्मित कुमार वम गरि ३ जनाको प्रतिनिधित्व भएको छ ।
भेला नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघका केन्द्रीय उपाध्यक्ष गोरख वहादुर शाहीको प्रमुख आतिथ्यता भएको हो ।
भेलामा उपाध्यक्ष शाहीले कर्णाली प्रदेशमा खुकुरी मार्शल आर्टसका खेलाडीहरु व्यापक रुपमा उत्पादन गर्नु पर्ने र त्यसका लागि सरकारले सहयोग गर्नु पर्ने विचार राख्नु भएको युवा विद्यार्थी नेता अमित शाहीले ज्वाला खवर डट्कमलाई जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस