१२ जेठ, काठमाडौं । नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।
नेपालको पछिल्लो घटनाक्रमबारे पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले यस्तो प्रतिक्रिया दिनु भएको हो ।
उहाँले नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नोट गरेको पनि उल्लेख गर्नु भयो ।
उहाँले नेपालीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा नेपालीहरुले नै समाधान गर्ने विषय भएको वताउनु भयो ।
प्रतिक्रिया दिनुहोस