विप्लव नेतृत्व नेकपा कालिकोटद्धारा पचालझरनाको सम्भाव्यता अध्यान, स्थानी तहले मागिखाने भाँडो बनाएको आरोप

मंसिर १०, कालिकाेट । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका नेता संगमले स्थानीय तहले पचालझरनालाई मागिखाने भाँडो बनाएको आरोप लगाउनु भयो ।

सोमबार पचालझरनाको अवलोकनका लागि सम्भाव्यता अध्यान गर्न नेपाल कम्युनिष्ट पार्टि निटक पचालझरना गाउँ जनसरकारको आयोजनामा भएको पदयात्रा कार्याक्रममा यस्तो बताउनु भएको हो ।

नेता संगमले पचालझरनाको नाममा स्थानिय तह, संघसंस्थाहरुले फोटो बेचेर भष्टचार गरेको पनि आरोप लगाउनु भयो । नेता संगमले पचालझरनाको वास्तविक अवलोकन गर्दै त्यहाँ निर्माण गरिएका सहिद स्थम्बामा पार्टिको झण्डा गाड्दै सहिदहरुको सपना वैज्ञानिक समाजवादमा मात्रै पुरा हुने पनि ठोकुवा गर्नु भयो ।

यस्तैे विषेश अतिथि सेक्रेटरी रणदिपले झरनाको फोटो बेचेर भष्टचार गर्नेहरुले यो झरनालाई विश्वकै अग्लो झरना बनाउन नसक्ने बताउदेै पचालझरनाको नाममा स्थानिय सरकारले लाखौं रकम फजुल खर्च गरेपनि अहिले सम्म झरना हेर्न आउने प्रर्यटहरुको लागि भौतिक यातायताहरुको व्यवस्थापन गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले पचालझरनासंग आफ्नो सम्वन्ध निकट रहेकोले आफु र आफ्नो पार्टीले पचालझरनालाई कुनै पनि हालतमा विश्वकै चर्चित वनाएरै छोड्ने दावि गर्नु भयो ।

वडा नम्बर ३ खादुगाँउवाट सुरुगरिएको पदयात्रा झरना नजिकै पुगेर विभिन्न साँस्कृतिक कार्याक्रम सहित अवलोकन गरेको थियो । गाउँ जनसरकारका प्रमुख चंम्फसिंह वस्नेतको अध्यक्षता, भेरी कर्णाली व्युरो कार्यालय सचिव संगम प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी रणदिपको विषेश आतिथ्यता सहित जिल्लाका जनवर्गीय संगठनका प्रमुखहरुको सहभागितामा अवलोकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस