दलित अधिकार पैरवी सञ्जाल कालिकोटको भेला सम्पन्न, अध्यक्षमा दुर्ग बिक

माघ १३, कालिकोट । दलित अधिकार पैरवी सञ्जाल कालिकोटको अध्यक्षमा दुर्ग बिक चयन हुनु भएको छ।

संसारका दलित एक हाैं, समानतामुलक समाजको निर्माण गराैं भने मुल नाराका साथ सम्पन्न प्रथम जिल्ला भेलाले सञ्जालकाे अध्यक्षमा दुर्ग बिकलाई सर्वसहमतले चयन गरेको हाे ।

जसमा उपाध्यक्ष मदन तिरूवा, अंख बिक, प्रेमसिंह तिरूवा, बिर्ख सुनार र गाेविन्द्र बिक चयन भएको छन भने सचिव दन्त बिरुवा, सहसचिव विन्दमान सार्की, काेषाध्यक्ष निद्रा सुनार लगायत ३८ सदस्यीय कार्यसमिति चयन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कालिकोटका सदस्य अप्सरा कुमालले कार्यक्रमलाई सम्वाेधन गर्दै संविधानले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै विभेद र छुवाछुतको अन्त्यकाे लागि सम्पूर्ण दलित एक ठाउँमा उभिएर संघर्ष गर्नुपर्ने बताउनुभयो ।

उहाँले दलित अधिकार पैरवी सञ्जालले जिल्लामा हुने सबै प्रकारका छुवाछुत र विभेदको अन्त्यका लागि सशक्त रूपमा आवाज उठाउनेमा आशा ब्यक्त गर्दै यसको लागि आफ्नो पुर्ण साथ सपाेर्ट रहने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयाे ।

यस्तै कार्यक्रममा बाेल्दै दलित अधिकारक्रमि बाले बिश्वक्रर्माले विधिलाई सही अभ्यासमा लिएर जानका लागि हाम्रो लडाइँ हुनुपर्नेमा बताउनु भयो ।

उहाँले बनेको विधिको मर्म अनुसारको ऐन कानुन बनाउन, ऐन कानुन अनुसारको नियमावली, कार्यविधि बनाउन, कार्यविधि वा नियमावली अनुसार संरचना बनाउन, बनेको संरचनामा सही नेतृत्व, राम्रो हाम्रो नेतृत्वका लागि हामी निरन्तर लागि पर्नु पर्नेमा जाेड दिनु भयो ।

भलै, लडाइका प्रकृतिहरु फरक–फरक हुन सक्छन् । सधैं एउटै प्रकृतिको संघर्षले पनि ठीक ठाउँमा पुगिँदैन । दलितका मुद्दाप्रति कसैको फरक मत छैन । विधिको कुराले मात्र पनि पुग्दैन । यसलाई पैरवीकाे माध्यबाट सशक्तीकरणमा लाग्न जरुरी रहेको उहाँको भनाइ थियाे ।

विभिन्न दलित सामाजिक संस्थामा आवद्ध अभियानता तथा दलित नेताहरु निलाे तिरूवा, दान बहादुर बिश्वकर्मा, बिर्खसिंह बिक, लक्षिराम बिक, वीर तिरूवा लगायतले आफ्नो भनाइ राख्दै अधिकार प्राप्तीको लडाई नसकिएको भन्दै सम्पुर्ण दलित एक ठाउँमा आउन आग्रह गरे ।

जातीय छुवाछुत अहिले पनि नयाँ शैलीले हुने गरेको, अन्त्य नभई सकेकोले त्यसको विरुद्धमा सबै जुट्न पर्नेमा जाेड दिए ।

सबैमा व्यवहारिकरुपमै समानताको अनुभूती नभएसम्म सामाज सभ्य र समृद्ध बन्न नसक्ने भन्दै दलित आन्दोलन सेलाउन नहुने र अझ सशक्त भएर लाग्नु हुनुपर्ने उद्घोष गरेका थिए ।

कार्यक्रममा जिल्ला रहेका विभिन्न दलित सामाजिक संस्थामा आवद्ध अभियानता तथा दलित नेताहरुकाे सहभागिता रहेको थियाे । दलित अधिकारकर्मी रमेश नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका संचालन रमेश सुनारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस