१३ जेठ, नेपालगंज। बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक÷एकजना गरी ८ जनाको मृत्यु भएको हो ।
यो संख्या बुधबार राति ७ः१५ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्षीय पुरुषको बुधबार राति ७ः१५ बजे, वडा नम्बर २० कै ५५ वर्षीया महिलाको बुधबार राति १२ः४० बजे र वडा नम्बर १८ का ७३ वर्षीया महिलाको बिहीबार बिहान भेरी अस्पतालमा मृत्यु भएको उहाले बताउनु भयो ।
बर्दियाको बासगँढी नगरपालिका–५ का ७५ वर्षीया महिलाको बुधबार राति ७ः३० बजे र गुलरिया नगरपालिका–५ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । ७५ वर्षीया महिलामा जेठ २ गते र ८० वर्षीय पुरुषमा जेठ १२ गते संक्रमण पुष्टि भएको थियो ।
कैलालीको जानकी गाउँपालिका–९ की ७४ वर्षीया महिलाको बुधबार राति ७ः२० बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उहामा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।
कञ्चनपुरको पुनर्बास नगरपालिका–६ का ४७ वर्षीया महिलाको बिहीबार बिहान २ बजे र दाङको घोराही उपमहानगरपालिका–३ की ५६ वर्षीया महिलाको बिहीबार बिहान २ः४५ बजे नपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
४७ वर्षीया महिलामा वैशाख १७ गते र ५६ वर्षीया महिलामा जेठ ७ गते संक्रमण पुष्टि भएको थियो ।