कोपिला द्धारा ६ महिने वालीकाको उद्धार

जेठ १३, कालिकाेट । कालीकोट जेठ १२ गते । आमाको निधन पछि ब्यसाहर वनेका ६ महिने वालीकाको कोपिला भ्याली सेवा समाजले उद्धार गरेको छ ।

कालीकोट जिल्लाको महावै गाउपालिका वडा नं २ निवासि ३५ वषिया कर्मा सिहंको गत वैशाख २८ गते घास काट्ने क्रममा भिरवाट लढेर निधन भएपछि आमा बिहिन भएकी ६ महिनाकी दुधे वालीकाको कोपिला भ्याली सेवा समाजले उद्धार गरेर पालन पोषणका लागि कालीकोटवाट सर्खेत लिएको छ ।

वडा नं २ का अध्यक्ष गौँकला सिहको रोहवरमा कोपिला भ्यालीका तीन जना सदस्यले वालकको उद्धार गरी लगेका हुन । सेवा समाज सञ्चालक समितिका सचिव तथा वालीका उद्धार समितिका संयोजक गोगनवहादुर मल्लले मान्ममा पत्रकारहरुलाई जानकारी गराउदै वालीकाको उद्धार गरिएको र पालनपोषण देखि शिक्षा दिक्षाको पनि कोपिला भ्याली सेवा समाजले जिम्मा लिएको वताउनुभयो ।

आमाको दुध सम्म पिउन नपाएर साहरा बिहिन वनेका वालीकाको उद्धार गरी लिने कोपिला भ्याली सेवा समाजको सबै विवरण वडा पालिकाले राखेको छ । सबै आफ्न्त वडाका जनप्रतिनिधिलाई रोहवरमा राखेर समाजले वालीकालाई आफ्नो जिम्मा लिएको समाज द्धारा सञ्चालीत वालगृहकी संयोजक आकृती सुवेदीले वताउनुभयो । वालगृहमा ३८ जना यस्तै आमा वा वुवा नभएका वालवालिका रहेको र एक कालीकोटको वालीका गरी ३९ जना भएको सुवेदीले वताउनुभयो ।

वालकको उद्धारका लागि कोपिला भ्याली सेवा समाजका सचिव गोगनवहादुर मल्ल, वालगृृहकी संयोजक आकृती सुवेदी, कोपिला भ्याली सेवा समाजलाई आर्थिक सहयोग गदै आएको (Blink New Foundation Ingo) आईएन्जीओका प्रतिनिधि मिन शाहीको टोली कालीकोट पुगेको थियो ।

२०६४ सालमा दर्ता भएको कोपिला भ्याली सेवासमाजले सुर्खेतमा कक्षा १२ सम्मको बिद्यालय पनि सञ्चालन गरेको छ । सुविधा सम्पन्न भवनका साथै २०६७ सालमा सुरु गरेको बिद्यालयमा कक्षा १२ सम्मको अध्यापन भईरहेको छ ।

हाल आएर सेवा समाज द्धारा सञ्चालित बिद्यालयमा आमा वा वुवा गुमाएका र पढाईमा निकै राम्रो दखल राख्ने गरी जम्मा ४ सय ७० जना वालवालिकाले अध्यान गरिरहेका सेवा समाजका सदस्य मल्लले वताउनुभयो । मृर्तक कर्मा सिहंका श्रीमान नौलासिहंले कर्माका तीन सन्तानको पालनपोषण गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस