पलाँतामा मिनी ट्रक दुर्घटना, ११ जना घाइते

११ साउन,कालिकोट । जिल्लाको पलाँता गाउँपालिका– वडा नम्वर २ मा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन ।

घाइते हुनेहरुमा पलाँता गाउँपालिकाका स्थानीय जिबिका न्यौपाने, मैना दमाई, झुप्री बम, ललिता विश्वकर्मा, अमुना रोकाया, अमनकला कामी,चन्दा प्याकुरेल, नेना दमाई, कमला प्याकुरेल, ज्ञानेन्द्र दमाई, अम्बिका प्याकुरेल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरु सवै जना ट्रकमा सवार थिए ।

बिहीबार थिर्पुदेखि बालुवा लिएर राडुनेटातर्फ जाँदै गरेको क.प्र.००१ क ०१६२ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।

घाइते सबै जना वडा नम्बर २ का स्थानयि निवासी रहेको र उनीहरूको पलाँता अस्पताल थिर्पुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि ट्रक चालक फरार रहेको । उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घनाको कारण भने थाहा हुन सकेको छैन । स्थानीयका अनुसार क्षमता भन्दा वढी लोड भएर दुर्घटना भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस