संसदीय व्यवस्थाले भविष्यहिन र निरास बनाउदै युवाहरुलाई विदेश जान बाध्य बनायो ः प्रकाण्ड सी

११ साउन,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले दलाल संसदीय व्यवस्थाको भद्दा विकृतिले नेपाली जनतालाई भविष्यहिन र निरास बनाएको वताउनु भएको छ ।

विहिवार नेकपाको केन्द्रीय कार्यालय वुद्धनगरमा भएको अनौपचारिक भेटघाटमा प्रवक्ता प्रकाण्ड सीेले दलाल संसदीय व्यवस्थाबाट नेपाली युवाहरुले भविष्य देख्न छोडेकाले निरास हुदै विदेश जाने संख्या बढेको वताउनु भएको हो ।

उहाँले संविधान सभाको चुनाव पछि बनेको संविधानले नेपाली जनतालाई शान्ति र समृद्धि दिने आश्वासन दिएका नेताहरुले जनताको वास्तविक परिवर्तनको चाहाना पुरा गर्न नसक्दा जनताले विकल्प खाजेको वताउनु भयो ।

प्रवक्ता प्रकाण्डले नेपालमा जनताको सत्ता नआएको र केही निश्चित दलालहरुको हातमा मात्र सत्ता आएकाले जनताले गरेको आसा पुरा नभएको बताउनु भयो ।
उहाँले नेपालमा वैज्ञानिक समाजवाद अथवा चारदलले तय गरेको समाजवादी गणतन्त्रात्मक व्यवस्था नेपालमा स्थापना नहुदा सम्म नेपाली जनताको चाहाना पुरा नहुने ठोकुवा गर्नु भयो ।

उहाँले भन्नु भयो “नेपालमा दलालहरुको राज छ, यो जनताको सत्ता होइन, यो सत्ताबाट जनताले धेरै आस गर्नु व्यर्थ हो । दलाल संसदीय व्यवस्थाको विकल्पमा समाजवादी मोर्चा बनेको छ । यसले नेपालमा समाजवादी गणतन्त्र ल्याउछ । नेपालका समस्याहरु समाधान गर्छ ।”

उहाँले देशको अवस्था जर्जर भएकाले त्यसको नेतृत्वदायी भूमिका नेपाल कम्युनिष्ट पार्टीले पुरा गर्नु पर्ने बेला आएको बताउदै सबै कम्युनिष्टहरुको क्रान्तिकारी एकता आवश्यक भएको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस