जनप्रतिनिधिहरु जनताको साँढे भए ः नेकपा प्रवक्ता प्रकाण्ड

 

१० कार्तिक, कालिकोट । नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनप्रतिनिधिहरु जनताको साँढे भएको वताउनु भएको छ ।

कालिकोटको खुलालु वजार व्यवस्थापन समितिले आज दिउसो उहाँको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा वोल्दै नेता प्रकाण्डले जनप्रतिनिधिहरु साँढे भएपछि जनताले कसरी अधिकार पाउँछन भनि प्रश्न गर्नु भयो ।

पार्टी प्रशिक्षणका लागि गृह जिल्ला कालिकोट पुग्नु भएका उहाँले जनप्रतिनिधिहरु भ्रष्ट र दलाल भएको टिप्पणी गर्नु भयोे । प्रवक्ता प्रकाण्डले व्यवस्था नै दलाल र भ्रष्टहरुको भएपछि जनप्रतिनिधिहरु राम्रो हुने कुनै नभएको वताउनु भयो ।

उहाँले अव दलाल संसदीय व्यवस्था परिवर्तनका लागि जनयुद्धमा ठुलो योगदान गरेका कालिकोटवासी जनताले पुनः योगदान गर्नेवेला आएको वताउनु भयो ।

यसअघि विहान खुलालु पुल निरिक्षण पछि स्थानीय संग संक्षिप्त कुरा गर्दै सहिदको सपना आफ्नो पार्टीले मात्र पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

भोली देखि माल्कोटमा हुन लागेको कर्णालीका जिल्लाहरुको पार्टी प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन प्रवक्ता प्रकाण्ड विहान कालिकोट पुग्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस