हिमचुली सहकारी संस्थाका कर्मचारी शाहीको दुर्घटनामा निधन

१४ माघ,कालिकोट । हिमचुलि कृषि सहकारी सस्था कालिकोटका वरिष्ठ सहायक पदमा कार्यरत सिंहबहादुर शाहीको दुर्घटनामा निधन भएको छ ।
शुक्रबार सस्थाको मान्म स्थित भवनको पछाडि बारदलिबाट खसेर निधन भएको संस्थाले जनाएको छ ।

महावै गाउँपालिका ६ गणेशकोट निवासी ३५ वर्षीय शाही निमाणधिन भवनको छतबाट खसेपछि गम्भीर घाईते भएका थिए । गम्भीर घाईत शाहीलाई जिल्ला अस्पताल पुुर्याउदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

अत्यन्तै मिलनसार शाही विगत सात बर्षदेखि सहकारिमा आवद्ध रहेको र उहाको निधनबाट सस्थालाई अपुरणिय क्षति पुगेको सस्थाका प्रवन्धक जगेन्द्र आचार्यले वताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस