फागुन १६, सुर्खेत । सुर्खेतमा नेकपा एमालेकाे पार्टी कार्यालयमा बन्दकर्ताले आगजनी गरेका छन ।
एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेकाे ६ दल र २ माेर्चाका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका हुन ।
साेमबार बिहानै देखि सडकमा नाराबाजी गरिरहेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्रकाे पार्टी कार्यालयमा समेत तोडफोड गरेका छन ।
बन्दकर्ताहरु उग्र बन्न थालेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको थियोे ।
उनीहरुले माओवादी र कांग्रेसको कार्यालयमा पनि आगजनी प्रयास गरेका थिए ।
प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।