१५ चैत्र, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली उल्टा उल्टा काम गर्दै गएको भन्दै कतै राजावादीसंग मिलेको त होईन ? भनि आसंका व्यक्त गर्नु भएको छ ।
समाजवादी मोर्चा नेपालले शुक्रवार काठमाडौमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली जिको वयलगाडा सिद्धान्त भएकाले उल्टा उल्टा काम गर्दै गएको भन्दै कतै राजावादीसंग मिलेको त होईन ? भनि आसंका व्यक्त गर्नु भएको हो ।
प्रचण्डले राजावादीहरुलाई फाईदा हुने गरेर गणतन्त्र र लोकतन्त्र विरुद्ध ओलीले काम गरेको आरोप लगाउनु भयो ।
अध्यक्ष प्रचण्डले कुलमानलाई हटाएर नेपालमा सुशासन होईन कुशासनको अभ्यास केपीओलीबाट भएको जिकिर गर्दै भन्नु भयो, ‘कुलमानको वारे सदनमा आएर जवाफ दिदैन भन्दै हुनुहुन्छ, यो गणतन्त्र र लोकतन्त्र हो ?’ पूर्वप्रधानमन्त्री रहनु भएका अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिदै नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गर्नु भयो ।
‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस् । विगतमा उनले धेरै गल्ती गरे,’ प्रचण्डले भन्नु भयो , ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’
अध्यक्ष प्रचण्डले आफु ७० बर्ष कटेपनि दलाल नोकशाह र सामन्ती अवशेषका विरुद्ध अर्को शान्तिपूर्ण क्रान्ति गर्न तयार भएको घोषणा गर्नु भयो ।
उहाँले राजावादीहरुका विरुद्ध इटको जवाफ पत्थरले दिने भने जस्तै सडकमा आवश्यक परे लाखौं जनता निकाल्ने चेतावनी दिनु भयो । उहाँले राजावादीहरुले तीनकुने क्षेत्रमा गरेको आगजनी र उच्छिङ्गखलको गतिविधिप्रति आपत्ति जनाउनु भयो ।