सहिद बेदनाको बुवा प्रति नेकपा कालिकोट द्वारा श्रद्धाञ्जली व्यक्त

चैत्र १५, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले महान जनयुद्धका महान सहिद बेदनाका बुबा मुनविर सेजुवालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

जिल्ला पार्टीको तर्फबाट शुक्रबार जिल्ला इन्चार्ज रणदीप र सेक्रेटरी शाहासीले संयुक्त रुपमा शोक वक्तव्य निकाल्दै मृतक बुबा मुनविर सेजुवाल प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

शोक वक्तव्य भनिएको छ कालिकोट जिल्लाको पचालझरना गाउँपालिका बडा नं ४ राम्नाकोट निवासी महान जनयुद्धका महान सहिद क.बेदना ‘थुगा’ सेजुवालको आदरणीय बुबा मुनविर सेजुवालको यही मिति २०७७ चैत्र ९ गते राति दिर्घरोगका कारण निधन भएकाले हाम्रो महान तथा गौरवशालि जनप्रिय नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति कार्लाकोटले गहिरो दुःख ब्यक्त गर्दै मृतक बुबा प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

यस दुःखत घडिमा शोकसन्तप्ध घर परिबार, आफन्तजन ईस्टमित्र लगाएत सम्पूणमा गहिरो संमवेदना व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दछौं ।

वक्तव्यको अन्तिममा भनिएको छ बुबाले नेपालको अग्रगामि राजनितिक परिर्वतको लागि बिगत १० बर्षे महान जनयुद्धमा गरेको बलिदान पतिकृयावादि राज्य व्यवस्थालाई धुलो चटाउने गरि आफ्नो प्रिय शन्तानलाई दिनुभएको बलिदान प्रति पार्टि र क्रान्तिलाई उर्जा प्रदान गर्नु भएको थियो । बुबाको योदान र बलिदान प्रति उच्च सम्मान व्यक्त गर्दछौ ।

शोक वक्तव्य

प्रतिक्रिया दिनुहोस