विप्लव नेकपा द्धारा कालिकोटमा जिल्लाभर स्वतन्त्र उम्मेदवारी दर्ता

वैसाख १५, कालिकोट । विप्लव नेतृत्वको नेकपाले आगामी वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन जिल्लाका सवै पालिकामा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।

जिल्लामा भएका तीन वटा नगरपालिका र ६ वटा गाउँपालिकामा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो । नरहरिनाथ गाउँपालिकामा नेकपाका केन्द्रीय सदस्य एटम विसीले गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ भने उपाध्यक्षमा शान्ति विकले उम्मेदवारी दिनु भएको छ ।

शान्नित्रिवेणी गाउँपालिमा अध्यक्षमा रुपसिंह वोहराले उम्मेदवारी दर्ता गराउनु भएको छ भने उपाध्यक्षमा वविता लुवारले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै यस गाउँपालिकामा ७ नम्वर वडा वाहेक सवै वडामा उम्मेदवारी दर्ता भएको छ । जसमा वडा नम्वर १ को वडा अध्यक्ष पदमा कृष्ण जैसी, २ मा नर वहादुर भण्डारा,३ मा धौलाखर देवकोटा, ४ मा जनक वहादुर शाही ,५ मा रंजित वम,६ मा जगत वहादुर धामी, ८ मा नौले लुवार र ९ मा धनविर केसीको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै रास्कोट नगरपालिकामा नेकपाकी केन्द्रीय सदस्य धिरिन्द्रा उपाध्यायले नगर प्रमुखमा आफ्नो उम्मेदारी दर्ता गराउनु भएको छ भने उपप्रमुखमा फुल्टौंरा सुनारले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपाको नगरपालिकाका सवै वडामा उम्मेदवारी परेको छ ।

नेकपाको वडा नम्वर १ मा छत्र वम, २ मा वल वम, ३ मा संक शाही,५ मा पदम सुनार, ९ मा मान तिरुवाको उम्मेदवारी परेको छ । वडा नम्वर ४,६,७ र ८ मा भने दुई भन्दा वढीको स्वतन्त्र उम्मेदवारी परेको छ । नेकपाले यस्ता वडाको उम्मेदवारी १६ गते सम्म टुङग्याउने वताएको छ ।

पचलझरना गाउँपालिमामा नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडीले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ भने उपाध्यक्षमा विनित कुमार तिरुवाले उम्मेदावारी दर्ता गराउनु भएको छ । यस पालिकाका सवै वडामा स्वतन्त्र रुपमा वडा अध्यक्षका उम्मेदवारी परेका छन ।

जसमा वडा नम्वर १ मा पूर्ण खड्का, २ मा शक्ति तिरुवा, ३ मा चम्प सिंह वस्नेत,४ मा सरोज न्यौपाने,५ मा रत्न व वम, ६ मा नवराज वुढा,७ मा जस वहादुर वोगटी, ८ मा तुलछे टमट्टा र ९ मा रुद्र तिरुवाको उम्मेदवारी परेको छ ।

पलाता गाउँपालिकामा अध्यक्ष पदमा नेकपाका जिल्ला सदस्य पदम विश्वकर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ भने उपाध्यक्षमा पुल्तीसरा विकको उम्मेदवारी दर्ता भएको छ । गाउँ पालिकाको वडा नम्वर २ देखि ९ सम्मका सवै वडामा उम्मेदवारी परेको छ ।

वडा नम्वर २मा नरेश सार्की, ३मा प्रकास रोकाया, ४मा जय विक,५ मा पदम वम, ६ मा प्रेम थापा, ७ मा सर्जन विक, ८ मा कम्म वम र ९ मा अनरुप सुनारको वडा अध्यक्षमा उम्मेदवारी परेको छ । यस पालिकाको वडा नम्वर १ मा भने उम्मेदवारी परेको छैन ।

तिलागुफा नगरपालिकामा नगरप्रमुखको पदमा रमेश चन्दराले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपप्रमुखमा भने उम्मेदवारी परेको छैन । खाडाचक्र नगरपालिमा नगरप्रमुखको पदमा हस्त विकको उम्मेदवारी दर्ता भएको छ । उपप्रमुखमा सादर शाहीको उम्मेदवारी दर्ता भएको छ । यस नगरपालिकामा वडाअध्यक्षको उम्मेदारी ३ वटा वडामा परेको छ । जसमा वडा नम्वर ४ वाट खड्क विक, ८ वाट सयरुप मल्ल र ११ वाट इश्वर शाहीको उम्मेदवारी परेको छ ।

शुभकालिका गाउँपालिकामा अध्यक्ष पदमा मनोसा विकको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षको उम्मेदवारी भने दर्ता भएको छैन । यस्तै यस पालिकामा ३ वटा वडामा वडा अध्यक्षको उम्मेदवारी दर्ता भएको छ । जसमा वडा नम्वर १ मा कपुरे सुनार, २ मा धर्मेन्द्र विश्वकर्मा र ३ मा धने तिरुवा रहनु भएको छ ।

महावै गाउँपालिकाको अध्यक्ष पदमा धन वहादुर सिंहको उम्मेदवारी दर्ता भएको छ । यस गाउँपालिमा उपाध्यक्षको उम्मेदवारी दर्ता भएको छैन । यस पालिको २ वटा वडामा वडा अध्यक्षको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस