कर्णालीका लालयोद्धालाई समाजवादी क्रान्तिमा जोड्न मञ्च गठन भएको होः शुशिल सी

बाँके । नेकपाका स्थायी समिति सदस्य कर्णजित वुढा (शुशिल सी)ले कर्णालीका लालयोद्धालाई समाजवादी क्रान्तिमा जोड्न कर्णाली –बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्च’ गठन भएको बताएका छन ।

सोमवार बाँकेको कोहलपुरमा सम्पन्न मञ्चको प्रथम भेलाको उद्घाटन गर्दै स्थायी समिति सदस्य शुशिलले कर्णालीका लालयोद्धा बाँके तथा देशभर फैलिएको भन्दै बाँकेबाट पहल गरी कर्णालीवासीहरुलाई समाजवादी क्रान्तिमा जोड्न मञ्च गठन गरिएको बताएका हुन ।

नेता शुशिलले समाजवादका लागि भूगोल र जनता दुबै नजोडे सम्म समाजवादी कर्णाली र नमुना कर्णाली नहुने बताए ।
उनले भने ‘समाजवादी कर्णाली चाहिन्छ, समाजवाद कर्णालीबाट दिनु पर्छ, भौगोलिक तथा मौषमका कारण धेरै कर्णालीवासीहरु बाँकेमा छरिएर बसेका छन, उनीहरुको समाजवादी क्रान्तिमा सहभागीता गराउन र आवश्यक छ । उनीहरुका समस्या समाधान गर्न हामीले नेतृत्व दिनु पर्छ ।’

नेता शुुशिलले जनता र भूगोल विर्सिन नहुनेमा जोड दिए । भेलामा नेकपाका पोलिट व्यूरो सदस्य रक्तिम सी, नेकपाका केन्द्रीय सदस्यहरु प्रभाजित सी,कलम सी,नारायण सी, अनिल सी लगायतका नेताहरुको सहभागीता रहेको थियो । भेलाले कर्ण सीको संयोजकत्वमा २१ सदस्यसीय कार्यसमिति निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस